बालबच्चा बोकेरै आन्दोलनको मोर्चामा शिक्षक-शिक्षिका (तस्बिरहरू) « Khabarhub

बालबच्चा बोकेरै आन्दोलनको मोर्चामा शिक्षक-शिक्षिका (तस्बिरहरू)



काठमाडौं– गत चैत २० गतेदेखि काठमाडौंमा सुरु भएको शिक्षक आन्दोलन १६ औँ दिन पुगेको छ । देशभरबाट आएका शिक्षकहरूले चुहुँदो झरीमा पनि सडकमा संघर्ष छाडेका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस आन्दोलनलाई बेवास्ता गर्दै आएका छन् । उनले पटक पटक रुखो टिप्पणी गरिरहेका छन् ।

प्रधानमन्त्रीले रुखो टिप्पणी गरे पनि नगलेका शिक्षकहरूमध्ये कतिपय आफ्ना नाबालकसहित सडकमा उत्रिएका छन् । आन्दोलनमा होमिएका शिक्षक-शिक्षिका आफ्ना नानीबाबु डोर्‍याउँदै सडकमा संघर्षरत छन् ।

केही शिक्षका दूधे बच्चालाई सडकमै स्तनपान गराइरहेका भेटिए । दूधे बच्चा बोकेर पनि शिक्षिकाहरूले सडकको मोर्चा छाडेका छैनन् । उनीहरू सरकारले शिक्षा ऐन ल्याउने ग्यारेन्टी नगरेसम्म सडक छाड्ने पक्षमा छैनन् ।

सरकारले आन्दोलन लम्बिँदै जाँदा शिक्षकको संख्या घट्ने अपेक्षा गरेको थियो । तर शिक्षक-शिक्षिकाहरू पालैपालो काठमाडौं आउने र जाने गरिरहेका छन् ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा सञ्चालित यो शान्तिपूर्ण आन्दोलनमा शिक्षकहरूले आफ्ना मागहरू पूरा नभएसम्म पछि नहट्ने अठोट व्यक्त गरेका छन् ।

हरेक दिन माइतीघरबाट नयाँ बानेश्वरसम्म मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरू यो आन्दोलनमा सहभागी शिक्षकहरूमध्ये नानीबाबु स्याहार्दै सडकमा खटिरहेकाहरूतिर खबरहबको क्यामेरा सोझिएको थियो । 

आन्दोलन १६ औँ दिन पुग्दा पनि शिक्षकहरू डगमगाएका छैननन् । आन्दोलित शिक्षक-शिक्षिकाहरू आफ्ना साना नानीबाबुसहित सडकमा खटिएका दृश्य फरक देखिन्थ्यो ।

बालबालिकालाई साथमा लिएर आन्दोलनमा सहभागी हुन सहज छैन । तर पनि आफ्नो पेशागत हक र शिक्षा ऐन ल्याउन मागसहित सडकमा उत्रिन बाध्य भएको उनीहरू बताउँछन् ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ६ : ०५ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो