अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता रोममा हुने | Khabarhub Khabarhub

अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता रोममा हुने


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानका उपविदेशमन्त्री काजेम गारिबाबादीले तेहरान र वासिङ्टनबीच दोस्रो चरणको अप्रत्यक्ष वार्ता इटालीको राजधानी रोममा हुने बताएका छन् ।

‘हामी बोलिरहेका छौँ, हामीले वार्ताको स्थान परिवर्तनका लागि अर्को पक्षबाट कुनै नयाँ अनुरोध पाएका छैनौँ र दोस्रो चरणको वार्ता कार्यक्रम रोममा हुनेछ,’ गारिबावादीले बुधबार प्रत्यक्ष टेलिभिजन अन्तर्वार्तामा भने ।

उनले भने, ‘वार्ताको स्थान इरानी पक्षका लागि संवेदनशील विषय थिएन । हामीले मुख्य विषयवस्तु र काममा ध्यान दिनुपर्छ ।’

वार्तास्थल जहाँ भएपनि ओमानले उनीहरूलाई सहजीकरण र मध्यस्थता जारी राख्ने उनले बताए। 

यसअघि, तेहरानको आणविक कार्यक्रमबारे इरानका विदेशमन्त्री सेइद अब्बास अराघचीले शनिबार ओमानको राजधानी मस्कटमा अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकोफसँग भेटवार्ता गरेका थिए । दुबै पक्षले उक्त वार्ता रचनात्मक रहेको बताएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मार्चको सुरुमा संयुक्त अरब इमिरेट्स (युएई) मार्फत इरानी नेताहरूलाई इरानको आणविक कार्यक्रमबारे वार्ताको प्रस्ताव सहितको पत्र पठाएको बताएका थिए । प्रस्तावलाई स्वीकार गर्दै इरानले ‘अप्रत्यक्ष’ वार्ताका लागि सहमति जनाएको थियो ।

इरानले सन् २०१५ को जुलाईमा बेलायत, चीन, फ्रान्स, जर्मनी, रूस र संयुक्त राज्य अमेरिकासँग आणविक सम्झौता गरेको थियो । यस सम्झौताअन्तर्गत तेहरानले प्रतिबन्धबाट राहतको बदलामा आफ्नो आणविक गतिविधि सीमित गर्न सहमत भएको थियो।

यद्यपि ट्रम्पले आफ्नो पहिलो कार्यकाल अन्तर्गत सन् २०१८ को मेमा एकतर्फी रूपमा आफ्नो देशलाई सम्झौताबाट बाहिरिएको घोषणा गर्नुभएको थियो र इरानमाथि पुनः प्रतिबन्धहरू लगाइएको थियो । 

यसले गर्दा तेहरानले सम्झौता अन्तर्गतका आफ्ना प्रतिबद्धताहरू फिर्ता लिन बाध्य भएको बताउँदै क्रमिकरुपमा वार्ताबाट फिर्ता भएको थियो । त्यसयता आणविक सम्झौतालाई पुनर्जीवित गर्ने प्रयासमा खासै प्रगति भएको छैन ।
 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ५ : ५३ बजे

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि ऋणपत्र बिक्री गर्दै

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले आइतबार (आज)देखि दुई अर्ब ५० करोड

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

कास्की– कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको

इन्स्टाग्राममा रिल्स भाइरल नभएर चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं- पछिल्लो समय इन्स्टाग्राममा रिल्स बनाएर अपलोड गर्ने चलन बढ्दो

धेरै चिया पिउँदा हुनसक्छन् यस्ता समस्या, जोगिन के गर्ने ?

काठमाडौं- चिया नेपालीहरुको जीवनशैलीको अभिन्न हिस्सा हो । बिहान उठ्नेबित्तिकैदेखि

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, अराजकता फैलाए कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको