उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको अनुगमन « Khabarhub

उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको अनुगमन


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधीन प्यारापिट र फ्लड लाइट जडान कार्यको छड्के अनुगमन गरेका छन् । 

बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदानको स्थलगत निरीक्षण गर्दै उपप्रधान एवं शहरी विकासमन्त्री सिंहले तोकिएको समयभित्रै प्यारापिट निर्माण हुने विश्वाससमेत व्यक्त गरे । 

निरीक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिहरूले प्यारापिट निर्माण कार्यको प्रगतिका बारेमा जानकारी गराएका थिए । 

सिंहले वैशाख २४ गतेभित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ कामअघि बढिरहेको बताए ।

ठेकेदार कम्पनीले तीन सिफ्टमा काम गरिरहेको भन्दै उनले आवश्यक परे जनशक्ति थप गरेर भए पनि तोकिएको समयमा नै काम सम्पन्न गर्नुपर्नेमा आफूले जोड दिएको उल्लेख गरे । 

कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप १० हजार क्षमताको प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो । झरी परिरहेकै बेला उपप्रधानमन्त्री सिंह कीर्तिपुर गरेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ६ : ३४ बजे

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

दाङ– दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती

प्रेस चौतारीमा विवाद: अध्यक्ष पाण्डे असफल भएको ठहर गर्दै विशेष महाधिवेशन गर्ने निर्णय

काठमाडौँ – एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालभित्रको आन्तरिक

ट्राफिक कारबाहीबाट ४ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक कारबाहीबाट ४ लाख

नेपालमा ३० प्रतिशत वयस्कमा उच्च रक्तचापको समस्या

काठमाडौँ – आज विश्व उच्च रक्तचाप दिवस। विभिन्न चेतनामूलक कार्यक्रमसहित

हुम्लामा विद्युत सेवा अवरुद्ध

हुम्ला– हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको