विज्ञान प्रविधिमा सहकार्य बढाउन भारत र जर्मनी सहमत « Khabarhub

विज्ञान प्रविधिमा सहकार्य बढाउन भारत र जर्मनी सहमत


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विज्ञान तथा प्रविधिको क्षेत्रमा सहकार्य वृद्धि गर्न भारत र जर्मनी सहमत भएका छन् । दुई देशको मन्त्रीस्तरीय वार्ताका क्रममा यस्तो सहमती भएको हो ।

भारतीय आर्थिक समाचार पोर्टल बिजनेश वर्ल्डक अनुसार वार्ताका क्रममा भारतका युनियनमन्त्री जितेन्द्र सिंह र जर्मनीका मिनिस्टर प्रेसिडेन्ट मार्कस सोडर सहभागी थिए । उनीहरुबीच एआई, हरित ऊर्जा, विद्युतीय पारवहन, साइबर, बायोटेक्नोलोजी, क्वान्टम टेक्नोलोजीजस्ता विज्ञान तथा प्रविधिका नयाँ क्षेत्रमा सहकार्य वृद्धि गर्ने सहमती भएको छ ।

मन्त्री सिंहले भारतको स्वभाविक साझेदार रहेको भन्दै जर्मनीको प्रसंशा गरेका थिए । पछिल्लो समय दुई मुलुकबीच व्यापारिक साझेदारी सुदृढ हुँदै गएको छ ।

हाल जर्मनीमा ५० हजारभन्दा धेरै भारतीय विद्यार्थी अध्ययनरत छन् । मन्त्री सिंहले जर्मन विद्यार्थीलाई भारतमा स्वागत गर्न आफ्नो मुलुक तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ७ : ४५ बजे

ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र

जोशीको एकल चित्रकला प्रदर्शनी

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी

टिप्पणी : ‘अल्गोरिदम’को शिकार त भइरहेका छैनन् मतदाता ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले