वीरगञ्जको निषेधाज्ञा आजबाट हट्ने « Khabarhub

वीरगञ्जको निषेधाज्ञा आजबाट हट्ने


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्जमा स्थानीय प्रशासनले गत आइतबार राति १२ बजेदेखि लगाएको अनिश्चितकालीन निषेधाज्ञा आजबाट हट्ने भएको छ । बिहीबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जमा जारी निषेधाज्ञा शुक्रबार बिहान ७ः०० बजेदेखि हटाउने निर्णय गरेको हो।

गत शनिबार दिउँसो हनुमान जन्मोत्सवका अवसरमा निकालिएको शोभायात्रामा हिन्दु र इस्लाम धर्मावलम्बी बिच झडप भए पछि शनिबार बेलुकीदेखि कर्फ्यु लगाएको थियो। त्यसपछि गत आइतबार राति १२ बजेदेखि कर्फ्यु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको थियो ।

शुक्रबार बिहान ७ बजेदेखि लागू हुने गरी निषेधाज्ञा हटाउने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।

शनिबार भएकोको घटनामा स्थिति नियन्त्रणमा लिने प्रयासमा प्रहरीले १४५ राउण्ड अश्रु ग्याँस र दुई राउण्ड हवाइ फायर गरेको थियो भने उक्त घटनामा प्रहरीतर्फ नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षकसहित २५ जना र प्रदर्शनकारीका तर्फका १५ जना बढी घाइते भएका थिए। दर्जनौं पसलहरूमा तोडफोड भएको थियो ।
 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ६ : १२ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले