शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध « Khabarhub

शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षक महासंघले दुई सातादेखि काठमाडौंमा गर्दै आएको प्रदर्शनलाई शुक्रबार पनि निरन्तरता दिने भएको छ।महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले दिउँसो १२ बजे माइतीघरमा भेला भएर शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अनुरोध गरेका छन्।

बिहीबारको सहभागिता उत्साहजनक रहेको भन्दै उनले यसले आन्दोलनका लागि थप ऊर्जा मिलेको बताए। उनले शिक्षक आन्दोलनलाई उग्रता र भड्काउबाट बचाउनुपर्नेमा जोड दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘हामी विजयोन्मुख छौं। यो घडीमा हामीले झन् अनुशाासित, मर्यादित र संयमित हुनु जरुरी छ। आन्दोलन उग्रतामा परिणत भयो भने त्यसले सबभन्दा पहिले आन्दोलनलाई नै खान्छ।’

उनले सबैलाई आन्दोलनमा जुट्न आह्वानसमेत गरेका छन्। ‘हामी चार लाख शिक्षक-कर्मचारी र हामीले उठाउने आन्दोलन मात्र हाम्रो हो। यो सत्यलाई मनन गरौं। त्यसैले अनुशासित, संयमित र मर्यादित भएर आन्दोलनमा जुटौं’, उनले थप लेखेका छन्। शिक्षक आन्दोलनले काठमाडौंको माइतीघर बानेश्वर सडकखण्ड दिनभर अस्तव्यस्त हुँदै आएको छ।

उनले केही दिन धैर्यता गरेमो उपलब्धि प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। ‘अरु केही दिन धैर्य र मर्यादित भएर लागौं। हाम्रो विजय सुनिश्चित छ’, उनले भनेका छन्।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : ०४ बजे

बालेनका सल्लाहकार भन्छन्- जनताको भरोसा नै हाम्रो पहिचान हो

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले जनताको

सिमकोट विमानस्थलमा चार दिनमा १६९ तीर्थालु भित्रिए

हुम्ला– हुम्लाको सिमकोटमा वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न

संविधान संशोधनका लागि लिखित सुझाव दिने जेन्जी घाइते र शहीद परिवारको प्रतिबद्धता

काठमाडौँ – संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित

बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै षडानन्द नगरपालिका

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : ‘डिजिटल’ पहुँच विस्तारमा जोड

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज