शनिबार कर्णालीका यी स्थानमा विद्युत् आपूर्ति नहुने « Khabarhub

शनिबार कर्णालीका यी स्थानमा विद्युत् आपूर्ति नहुने


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– शनिबारका दिन भोली कर्णालीका धेरै विद्युत् आपूर्ति केही समय अवरुद्ध हुने भएका छन् । नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्र निर्देशनालय कर्णाली प्रादेशिक कार्यालयका अनुसार लाइन पेट्रोलिंग तथा (बुस कटिङ्ङ्ग) गर्ने काम गर्ने भएकाले केही समय अवरुद्ध हुने जनाएको छ ।   

सुर्खेत वितरण केन्द्र अन्तर्गत कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन वरपर रहेका रुखका हाँगाबिगाहरु हटाउनु साथै लाइन पेट्रोलिंग तथा (बुस कटिङ्ङ्ग) गर्नुपर्ने भएकोले प्रसारण लाइन सट डाउन हुने जनाएको छ । 

कर्णालीका १० जिल्लामध्ये सुर्खेत, मुगु, कालिकोट, जुम्ला, दैलेख र जाजरकोटमा कोहलपुर–सुर्खेतको ३३ केभी लाइन जडान गरिएका कारणले विद्युत् सेवा अवरुद्ध हुनेछन् ।  

त्यस्तै, रामघाट सवस्टेशन अन्तर्गत छिन्चु, रामघाट, दशरथपुर, जहने, बोटेचौर, सल्ली बजार सम्मको एरिया बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म बन्द रहने कर्णाली प्रदेश कार्यालयले जनाएको छ ।  

बुदबुदी सवस्टेशनअन्तर्गत एर्पोट चोक, मंगलगड़ी, खजुरा, कालिन्चोक, ईत्राम, चनौटे करेखोला हुँदै पावरहाउससम्मको क्षेत्रमा बिहान ९ः०० बजेदेखि मध्यान्ह १२ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ ।  

तातापानी फिडर अन्तर्गत एर्पोट, एकान्तनगर, मंगलगढ, एरिचोक, वीरेन्द्रचोक हुँदै गणेशचकसम्मको क्षेत्र बिहान ९ः०० बजेदेखि मध्यान्ह १२ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ ।  

बुलबुले फिडर अन्तर्गत बुदबुदी, लाटीकोईली, मंगलगढ़ी, रेडियो नेपाल, फलाटे हुँदै रानीघाटसम्मको क्षेत्र मध्यान्ह १२ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द रहने जनाएको छ ।  

पिपिरा फिडर अन्तर्गत पिपिरा चौक, सानो सुर्खेत, अलायचौर, चनौटे हुँदै बड्डीचौर सम्मको क्षेत्र मध्यान्ह १२ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ । 

मटेला सवस्टेशन अन्तर्गत कान्छी बजार, निगालपानी, धरमपोखरासम्मको क्षेत्र बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  २ : ५१ बजे

इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावमा असन्तुष्ट

बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार

नेपालगन्ज– बाँकेमा आर्थिक वर्ष २०८२-८३ को अहिलेसम्म १५६ वटा विभिन्न वन्यजन्तुको

गौरवका आयोजनाको अवस्था, समस्या र समाधानबारे अध्ययन गर्न उपसमिति गठन

काठमाडौं– संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका

चौबीस घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टामा दुई हजार ७४६  वटा

दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवन‍– यहाँका दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको