निजामती विधेयकको प्रतिवेदनमाथि छलफल अघि बढाउँदै राज्य व्यवस्था समिति | Khabarhub Khabarhub

निजामती विधेयकको प्रतिवेदनमाथि छलफल अघि बढाउँदै राज्य व्यवस्था समिति


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उपसमितिले बुझाएको संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकमा उपसमितिले पेश गरेको संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु भएको हो । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपसमितिबाट संशोधनसहित पारित भएपछि केहि दिन अघि उपसमिति संयोजक दीलेन्द्रप्रसाद बडूले समितिलाई बुझाएका थिए । 

उपसमितिको प्रतिवेदनमा अतिरिक्त सचिव प्रदेशमा राख्दा संख्या यकीन गर्न तीन महिनाभित्रको समय दिने बिषय उल्लेख गरिएको बडूले जानकारी दिए । 

कुलिङ पिरियड, ट्रेड युनियन, प्रदेशमा पनि अतिरिक्त सचिव राख्ने विषयमा थप छलफलको आवश्यकता रहेको उनले बताए ।  

बैठकमा प्रतिवेदनमाथिको छलफलका क्रममा कांग्रेस सांसद हृदयराम थानीले राजनीतिक कर्मचारीबीच हुने साँठगाँठ रोक्न कुलिङ पिरियड आवश्यक रहेकाले दुईबर्षको प्रावधान राख्नुपर्ने धारणा राखे । कुटनीतिक र न्याय क्षेत्रमा पनि कुलिङ पिरियड राख्नुपर्ने उनले बताए ।

त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कर्मचारी संरचना नै नमिलेको जस्तो देखिएको भन्दै यसलाई मिलाएर अघि बढ्नुपर्ने बताए । 

माथिल्लो तहको कर्मचारी धेरै तर तल्लो तहको कर्मचारी कम संख्यामा देखिने अवस्था आएकाले यसले सेवा प्रभावमा असर पर्न सक्ने उहाले बताए । पाण्डले निजामती कर्मचारीमा अतिरिक्त सचिव आवश्यक नरहेको उनको भनाइ छ ।

त्यस्तै एमाले सांसद रघुजी पन्तले धेरै छलफल पछि कुलिङ पिरियड एक बर्षमा राख्नुपर्नेमा सहमति भएको भन्दै अव सरकारको हात बाँध्न पनि नहुने बताए । 

आफु पदमा हुदै बाह्य संस्थालाई फाइदा हुने गरि काम गर्ने र आफु अवकाशमा गएपछि सोहि संस्थामा आवद्ध हुने गरेको देखिएकाले कुलिङ पिरियड आवश्यक देखिएको उनले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ३ : ३१ बजे

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि ऋणपत्र बिक्री गर्दै

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले आइतबार (आज)देखि दुई अर्ब ५० करोड

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

कास्की– कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको

इन्स्टाग्राममा रिल्स भाइरल नभएर चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं- पछिल्लो समय इन्स्टाग्राममा रिल्स बनाएर अपलोड गर्ने चलन बढ्दो

धेरै चिया पिउँदा हुनसक्छन् यस्ता समस्या, जोगिन के गर्ने ?

काठमाडौं- चिया नेपालीहरुको जीवनशैलीको अभिन्न हिस्सा हो । बिहान उठ्नेबित्तिकैदेखि

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, अराजकता फैलाए कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको