निजामती विधेयकको प्रतिवेदनमाथि छलफल अघि बढाउँदै राज्य व्यवस्था समिति « Khabarhub

निजामती विधेयकको प्रतिवेदनमाथि छलफल अघि बढाउँदै राज्य व्यवस्था समिति


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उपसमितिले बुझाएको संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकमा उपसमितिले पेश गरेको संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु भएको हो । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपसमितिबाट संशोधनसहित पारित भएपछि केहि दिन अघि उपसमिति संयोजक दीलेन्द्रप्रसाद बडूले समितिलाई बुझाएका थिए । 

उपसमितिको प्रतिवेदनमा अतिरिक्त सचिव प्रदेशमा राख्दा संख्या यकीन गर्न तीन महिनाभित्रको समय दिने बिषय उल्लेख गरिएको बडूले जानकारी दिए । 

कुलिङ पिरियड, ट्रेड युनियन, प्रदेशमा पनि अतिरिक्त सचिव राख्ने विषयमा थप छलफलको आवश्यकता रहेको उनले बताए ।  

बैठकमा प्रतिवेदनमाथिको छलफलका क्रममा कांग्रेस सांसद हृदयराम थानीले राजनीतिक कर्मचारीबीच हुने साँठगाँठ रोक्न कुलिङ पिरियड आवश्यक रहेकाले दुईबर्षको प्रावधान राख्नुपर्ने धारणा राखे । कुटनीतिक र न्याय क्षेत्रमा पनि कुलिङ पिरियड राख्नुपर्ने उनले बताए ।

त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कर्मचारी संरचना नै नमिलेको जस्तो देखिएको भन्दै यसलाई मिलाएर अघि बढ्नुपर्ने बताए । 

माथिल्लो तहको कर्मचारी धेरै तर तल्लो तहको कर्मचारी कम संख्यामा देखिने अवस्था आएकाले यसले सेवा प्रभावमा असर पर्न सक्ने उहाले बताए । पाण्डले निजामती कर्मचारीमा अतिरिक्त सचिव आवश्यक नरहेको उनको भनाइ छ ।

त्यस्तै एमाले सांसद रघुजी पन्तले धेरै छलफल पछि कुलिङ पिरियड एक बर्षमा राख्नुपर्नेमा सहमति भएको भन्दै अव सरकारको हात बाँध्न पनि नहुने बताए । 

आफु पदमा हुदै बाह्य संस्थालाई फाइदा हुने गरि काम गर्ने र आफु अवकाशमा गएपछि सोहि संस्थामा आवद्ध हुने गरेको देखिएकाले कुलिङ पिरियड आवश्यक देखिएको उनले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ३ : ३१ बजे

बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

बैतडी– पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप जिल्लाका दुई हजार

स्थानीयस्तरका महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा

भोजपुर– स्थानीयस्तरमा सञ्चालन हुने खेलकुद प्रतियोगिता तथा मेला, महोत्सवले पर्यटन

सवारी दुर्घटनामा गाडी चालकको मृत्यु

बैतडी– बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु

महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास

मौसम पूर्वानुमान : तराईमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल