३८५ रुपैयाँमा शहीद परिवारलाई ७ लाखको बीमा सुविधा « Khabarhub

३८५ रुपैयाँमा शहीद परिवारलाई ७ लाखको बीमा सुविधा


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीमा समितिले शहीद परिवारलाई ३ सय ८५ रुपँयौमा ७ लाखको बीमा गर्ने सुविधा दिने भएको छ ।

बीमा समितिले बीमा कम्पनीलाई शहीद परिवारलाई ‘दुर्घटना बीमा स्किम’मा छुटसहित थोरै प्रिमियम तिर्नुपर्ने योजना ल्याउन निर्देशन दिएको छ ।

असोज ३ गते संविधान दिवसका अवसरमा शहीद परिवारलाई ३ सय ८५ रुपँयौमा ७ लाखको बीमाका लागि तयारी गर्ने समितिले अपिल गरेको छ ।

अर्थ मन्त्रालयमा गत भदौ १८ गते बसेको बैठकले संविधान दिवसका अवसरमा बैंक तथा वित्तीय क्षेत्रले कुनै न कुनै नयाँ स्किम ल्याउनुपर्ने निर्णय गरेको थियो ।

मन्त्रालयको सोही निर्णयअनुसार बीमा कम्पनीको सहभागितामा शहीद परिवारलाई दुर्घटना बीमामा सहुलियत कार्यक्रम ल्याएको समितिले जनाएको छ ।

गृह मन्त्रालयको तंथ्याकमा १५ हजार शहीद परिवार छन् । ती शहीद परिवारले सरकारले दिएको परिचयपत्र सम्बन्धी बीमा कम्पनीमा पेश गरेर सरकारले दिएको यो सुविधा लिन पाउँनेछन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १२ : ५१ बजे

बलुचिस्तानको प्रहरी चौकीमा आक्रमण, नौ प्रहरीको मृत्यु

पाकिस्तान- पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको

बेरुजु छलफल उपसमिति गठनका सम्बन्धमा विवाद, लेखा समिति बैठक नै स्थगीत

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफल उपसमिति गठनका

हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार, क्षेत्रीय तनाव थप चुलियो

दुबई- विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि एकपटक

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा भएन, पहाडी क्षेत्रमा भने मनसुन सक्रिय

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही

सांसद शाहीको ठहर- बालेन, रवि र ओलीमा फरक देखिएन 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र