सञ्चारिका अग्रणी सम्मान पत्रकारद्वय अधिकारी र लोहनीलाई | Khabarhub Khabarhub

सञ्चारिका अग्रणी सम्मान पत्रकारद्वय अधिकारी र लोहनीलाई


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘सञ्चारिका अग्रणी सम्मान २०८०’ पत्रकार डा हरिकला अधिकारी र उषा लोहनीलाई प्रदान गरिएको छ । 

सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनका अवसरमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दुवै जनालाई उक्त पुरस्कार प्रदान गरे । 
 
यस्तै, ‘सञ्चारिका समानता पुरस्कार, २०८०’ पत्रकार धनु विश्वकर्मालाई प्रदान गरिएको छ । हिमाल खबर पत्रिकामा प्रकाशित ‘छाउगोठमा महिनावारी बस्दा १७ वर्षमा १६ जनाको गयो ज्यान’ शीर्षकको फिचर समाचारका लागि विश्वकर्मालाई यो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।
 
सञ्चारिकाले ‘स्व उमा सिंह पत्रकारिता पुरस्कार २०८०’ धनुषाको जनकपुरबाट पत्रकारिता गर्दै आएकी पत्रकार सपनाकुमारी कर्णलाई प्रदान गरेको छ । उनी जनकपुरको अप्पन टिभीमा कार्यरत छिन् । पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ ।
 
‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०८०’ इन्डिजिनियस टेलिभिजनमा कार्यरत पत्रकार डोल्मा शेर्पा र रातोपाटी डटकममा कार्यरत सरिता थारुलाई प्रदान गरिएको छ । उनीहरू सबैलाई मन्त्री गुरुङले पुरस्कार प्रदान गरे । 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ३ : ३८ बजे

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङमा इङ्गल्यान्डविरुद्ध भारतको जित

काठमाडौं – वैभव सूर्यवंशीले शानदार ब्याटिङमा भारतको यु-१९ टोली विजयी

युद्धरत रुवान्डा र कङ्गोले अमेरिकामा गरे सहमति

वाशिङ्टन – दुई अफ्रिकी देश रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गोले

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १४ गते शनिबार। असार

आज २०८२ साल असार १४ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १४ गते शनिबार। असार