सुदूरपश्चिम सरकारले गठन गर्‍यो लागूऔषध नियन्त्रणका लागि सुपरिवेक्षण समिति | Khabarhub Khabarhub

सुदूरपश्चिम सरकारले गठन गर्‍यो लागूऔषध नियन्त्रणका लागि सुपरिवेक्षण समिति


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारले लागूऔषधजन्य गतिविधि नियन्त्रणका लागि सुपरिवेक्षण समिति गठन गरेको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा लागूऔषधजन्य गतिविधि नियन्त्रण सुपरिवेक्षण समिति गठन गरेको हो । 

समितिको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीहरू, तीन वटै सुरक्षा निकायका प्रदेशस्तरीय प्रमुखहरू रहेका छन् । 

मन्त्रिपरिषद् बैठकले भन्सार चेकजाँच, सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजीकरण र रोजगारीका सिलसिलामा भारत जाने नेपाली नागरिकको अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउने पनि निर्णय गरेको छ । 

त्यसका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजीकरण समिति गठन गरिएको मुख्यमन्त्री कमलबहादुर शाहका प्रेस संयोजक डम्बर बमले जानकारी दिए । 

समितिले राजश्व अभिवृद्धि, भन्सार चेकजाँच, सीमापार आवागमन, पर्यटन सहनिकरण र रोजगारीका सिलसिलामा भारत जाने नेपाली नागरिकको अभिलेख व्यवस्थापन कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कार्य विवरण र कार्य योजना तयार गरेर कार्यान्वयन गर्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ५ : २७ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र

आज २०८२ साल भदौ ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव