सहकारी रकम अपचलनमा बिस पक्राउ, छयालीस फरार | Khabarhub Khabarhub

सहकारी रकम अपचलनमा बिस पक्राउ, छयालीस फरार


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– जिल्लामा सहकारीको रकम अपचलन अभियोग लागेकामध्ये २० जना पक्राउ परेका छन्भने ४६ जना फरार रहेका छन् । विभिन्न सहकारीमार्फत बचतकर्ताको रकम ठगी गरेको अभियोगमा हालसम्म २० जनालाई सञ्चालक पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ठगीविरुद्ध जाहेरी परेका तीन सहकारीको अनुसन्धान सम्पन्न भई जिल्ला अदालतमा पेस भएको कार्यालयका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । ती सहकारीमध्ये बनेपाको पुण्यश्वरी सहकारीको तीन करोड ८० लाख ९३ हजार ४१८, गरुड सहकारीको रु १४ करोड र युनिटी सहकारीको तीन करोड ५० लाखभन्दा धेरै बचत फिर्ता नभएको अनुसन्धानबाट खुलेको छ । 

सूचना अधिकारी घलेका अनुसार यहाँ सात सहकारीका ६६ सञ्चालकविरुद्ध ठगीमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । बाँकी चार सहकारीको अनुसन्धान जारी  छ । थप केही सहकारीविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता गर्नेगरी अनुसन्धान भएको जनाइएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले सहकारी ठगीबारे पछिल्ला केही महिनादेखि उजुरी तथा जाहेरी आउने क्रम बढ्न थालेको बताए ।

‘सात सहकारीका ६६ जना सञ्चालकविरुद्ध मुद्दा परेकामा २० जनालाई पक्राउ गरिएको छ, बाँकी फरार छन्, फरारको खोजीकार्य भइरहेको छ । पछिल्लो समय उजुरी आउने क्रम बढिरहेको छ’, उनले भने। 
 

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ७ : ५७ बजे

पूर्वराष्ट्रपति भण्डारीले गरिन् ओलीको प्रशंसा

 काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली ‘समृद्ध नेपाल,

पूर्वराष्ट्रपतिले भनिन्– मदनका सपना साकार पार्ने दिशामा अग्रसर नेतासँगै रहने छु  

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको मार्ग दर्शक सिद्धान्त ‘जनताको

रुकुम पश्चिममा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

त्रिवेणी– रुकुम पश्चिमबाट एकजना गर्भवतीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार

प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ बहुमतले

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा रूचि राख्नु धर्म हो : ईश्वर पोखरेल 

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी