यु–१८ साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा « Khabarhub

यु–१८ साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबारबाट सुरु हुन लागेको यू–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्ने नेपाली युवा टोलीको घोषणा भएको छ । मंगलबार मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले २३ सदस्यीय घरेलु टोलीको घोषणा गरेका हुन् ।

साफ यू–१८ च्याम्पियनसिप असोज ३ गतेबाट १२ गतेसम्म काठमाडौंको हलचोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा हुनेछ ।

नेपाली टोलीमा गोलकिपरमा विशाल सुनार, सूर्य अधिकारी र पुजन होना छन् भने डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अञ्जल महर्जन छन् ।

यस्तै, मिडफिल्डमा सिसिर लेखि, रोसन राना मगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा छन् भने स्टाइकरमा व्रिजेश चौधरी, सन्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छन् । नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । नेपालको समूहमा माल्दिभ्स, भुटान छन् । नेपाल यस अघिका दुवै संस्करणको च्याम्पियन टिम हो ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ३ : १६ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज– बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । अनौपाचारिक

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)

सुनको मूल्य १२ हजार पाँचसय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मुल्यमा भारी गिरावट आएको