यु–१८ साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा « Khabarhub

यु–१८ साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबारबाट सुरु हुन लागेको यू–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्ने नेपाली युवा टोलीको घोषणा भएको छ । मंगलबार मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले २३ सदस्यीय घरेलु टोलीको घोषणा गरेका हुन् ।

साफ यू–१८ च्याम्पियनसिप असोज ३ गतेबाट १२ गतेसम्म काठमाडौंको हलचोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा हुनेछ ।

नेपाली टोलीमा गोलकिपरमा विशाल सुनार, सूर्य अधिकारी र पुजन होना छन् भने डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अञ्जल महर्जन छन् ।

यस्तै, मिडफिल्डमा सिसिर लेखि, रोसन राना मगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा छन् भने स्टाइकरमा व्रिजेश चौधरी, सन्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छन् । नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । नेपालको समूहमा माल्दिभ्स, भुटान छन् । नेपाल यस अघिका दुवै संस्करणको च्याम्पियन टिम हो ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ३ : १६ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज