राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, अराजकता फैलाए कारबाही गर्ने गृहको चेतावनी « Khabarhub

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, अराजकता फैलाए कारबाही गर्ने गृहको चेतावनी


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना तथा तीनकुनेको प्रदर्शनमा पक्राउ परेका पार्टीका नेताहरूको रिहाइको मागसहित राप्रपाले मध्याह्न १२ बजेबाट प्रदर्शन गर्न लागेको हो ।

प्रवक्त मोहनकुमार श्रेष्ठका अनुसार तीनठाउँबाट निस्कने र्‍याली बिजुलीबजारमा जम्मा भएर शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुनेछ ।

गत साता सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायत पक्राउ परेका थिए ।

राप्रपाले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोधसभा गर्ने यसअघि नै जनाइसकेको छ ।

यसैबीच, गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानूनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ ।

मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संविधान र कानुनको ठाडो उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई पनि कानूनबमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ७ : ०२ बजे

गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएलको फाइनलमा

काठमाडौँ – डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं -२०८३ साल १३ गते बुधबार अधिक जेठ शुक्ल पक्षको

आज २०८३ साल जेठ १३ गते बुधबारको राशिफल

काठमाडौं -२०८३ साल १३ गते बुधबार अधिक जेठ शुक्ल पक्षको

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,