लगातार दोस्रो पटक बंगलादेशले पायो साफ आयोजनाको जिम्मा « Khabarhub

लगातार दोस्रो पटक बंगलादेशले पायो साफ आयोजनाको जिम्मा


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप–२०२० आयोजनाको जिम्मा बंगलादेशले पाएको छ ।

सोमबार मलेसियाको क्वालालम्पुरमा बसेको साफ कङ्ग्रेसको बैठकले सेप्टेम्बर  २०२० मा हुने गरी साफ आयोजनाको जिम्मा बंगलादेशलाई दिएको बंगलादेशी पत्रिका दि डेली स्टारले उल्लेख गरेको छ ।

साफका अध्यक्ष काजि सलाहुद्दीनको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । सन् २०१८ को साफ च्याम्पियनसिप पनि बंगलादेशले नै आयोजना गरेको थियो ।

अघिल्लो सिजनमा माल्दिभ्सले  साफको उपाधि उचालेको थियो । उक्त प्रतियोगितामा नेपाली टोली सेमिफाइनलसम्म पुगेको थियो ।

सेमिफाइनलमा माल्दिभ्ससँग पराजित भएपछि नेपाल घर फर्किएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ४ : ०९ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय