अस्कलका स्ववियु सचिव नै प्रहरी जवानको नक्कली परीक्षार्थी ! | Khabarhub Khabarhub

अस्कलका स्ववियु सचिव नै प्रहरी जवानको नक्कली परीक्षार्थी !


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी जवानको परीक्षामा भेटिएका नक्कली परीक्षार्थी काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसको स्ववियु सचिव भएको खुलेको छ।

प्रहरीले आइतबार सार्वजनिक गरेकामध्ये गोपालबहादुर शाही अस्कलका स्ववियु सचिव हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराका अनुसार नेपाल प्रहरीको जवान पदमा अन्य व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा शाहीसहित अन्य केही पक्राउ परेका हुन्।

शाही चैत १० गते भएको स्ववियु निर्वाचनमा (अनेरास्ववियु) को प्यानबाट सचिव पदमा विजयी भएका थिए।

प्रहरीले शाहीलाई नयाँ बानेश्वरस्थित रत्नराज्य माविमा चलिरहेको परीक्षामा सहभागी भएको अवस्थामा पक्राउ गरेको हो। शाही कालीकोट शुभकालिका गाउँपालिका वडा नम्बर ७ का स्थायी बासिन्दा हुन्।

प्रहरीले शाहीसहित ६ जनालाई नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरेको छ। प्रहरीले आइतबार
उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ।

रत्नराज्यबाट शाहीसहित दोलखाको जिरी नगरपालिका-९ घर भई बालाजु बस्ने २३ वर्षीय मोहन सुनुवार, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ घर भई हाल माछापोखरी बस्ने २२ वर्षीय मनोज शर्मालाई प्रहरीले पक्राउ गरेको छ।

त्यसैगरि रत्नराज्यबाटै दैलेखको भैरवी गाउँपालिका-५ घर भई नयाँबानेश्वर बस्मे २२ वर्षीय आकाश खड्का, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ घर भई माछापोखरी बस्ने २० वर्षीय उमेश शर्मा र जुम्लाको तिला गाउँपालिका–२ घर भई बालाजु बस्ने २२ वर्षीय मीन रावल छन्।

उता शनिबार नै पोखरा महानगरपालिका-७, पार्दीस्थित लोकसेवा आयोग परीक्षा भवनमा सञ्चालित परीक्षामा अर्काको नाममा जाँच दिइरहेकी एक जना पक्राउ परेकी छन्।

दर्ता नं. ३३५९२ की परीक्षार्थी आरतीकुमारी मण्डलको नाममा अर्की व्यक्तिले परीक्षा दिइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरी टोलीले ज्ञानुता विश्वकर्मालाई पक्राउ गरेर हिरासतमा लिएको हो।

यो पनि
प्रहरीकै जागिरको जाँचमा पनि नक्कली परीक्षार्थी, सातजना पुगे हिरासतमा

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ८ : ४१ बजे

कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले

लेखराज भट्टले भने : एमालेमा गुटबन्दी अन्त्य हुनुपर्छ

कैलाली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा सुदूरपश्चिम प्रदेश

वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु

इजरायली आक्रमणमा मारिएका उच्च इरानी अधिकारीको राजकीय सम्मानसहित अन्त्येष्टि

तेहरान – इरानले शनिबार इजरायलसँगको युद्धमा मारिएका करिब ६० वैज्ञानिक

मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई

जनकपुर – मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयले आयोजना