गण्डकीमा छ लाख ४३ हजार थान पाठ्यपुस्तक बिक्री « Khabarhub

गण्डकीमा छ लाख ४३ हजार थान पाठ्यपुस्तक बिक्री


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नयाँ शैक्षिक सत्र सुरु भएपछि गण्डकी प्रदेशमा हालसम्म छ लाख ४३ हजार पाँच सय ३९ थान पाठ्यपुस्तक बिक्री भएको जनाइएको छ । 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको गण्डकी प्रादेशिक कार्यालयका अनुसार रु आठ करोड ८३ लाख १३ हजार आठ सय बराबरको पाठ्यपुस्तक बिक्री गरिएको हो । कार्यालयका सूचना अधिकारी शिवविलास पौडेलले प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको जानकारी दिए। 

‘माग भएजति पाठ्यपुस्तक स्थानीय बिक्रेतामार्फत जिल्लामा पठाइसकेका छौँ, हामीसँग पाठ्यपुस्तक प्रयाप्त छ’, उनले भने । प्रदेशका १० जिल्लामा पोखरा र नवलपुरमा भरतपुर कार्यालयबाट पुस्तक बिक्री वितरण हुँदै आएको छ । पाल्पाको रामपुर क्षेत्रमा पनि पोखरास्थित कार्यालयबाट पुस्तक जाने गरेको सूचना अधिकारी पौडेलले बताए। 

 शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थीका हात पाठ्यपुस्तक पुगिसकेको उहाँको भनाइ छ । कार्यालयमार्फत मनाङमा छ हजार छ सय ७५, मुस्ताङमा तीन हजार आठ सय ३०, लमजुङमा ३९ हजार पाँच सय ९१, म्याग्दीमा ३९ हजार दुई सय ५५, गोरखामा ६४ हजार पाँच सय ४५, पर्वतमा ४४ हजार एक सय १९, बागलुङमा एक लाख दुई हजार चार सय २७, स्याङ्जामा ५१ हजार आठ सय ८३, कास्कीमा एक लाख ८२ हजार एक सय नौ, र पाल्पाको रामपुर क्षेत्रमा तीन हजार पाँच सय ९२ थान पुस्तक बिक्री गरिएको हो । 
 

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  २ : १७ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज