आन्दोलनरत शिक्षकलाई विद्यालय सुचारू गर्न वैतेश्वरको निर्देशन  « Khabarhub

आन्दोलनरत शिक्षकलाई विद्यालय सुचारू गर्न वैतेश्वरको निर्देशन 


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले आन्दोलनरत प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिलाई तत्काल विद्यालयमा फर्केर पठनपाठन सुचारु गर्न निर्देशन दिएको छ ।

सोमबार वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले एक सार्वजनिक सूचना जारी गर्दै विद्यालय शिक्षा ऐनको माग गर्दै २०दिनदेखि आन्दोलनमा सहभागी सामुदायिक विद्यालयका शिक्षकहरूलाई तत्काल कक्षा सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

आन्दोलनका कारण सामुदायिक विद्यालयहरुले विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण गरी कक्षा सञ्चालन गर्नुपर्नेमा हालसम्म उक्त कार्यहरू नगरेकाले बालबालिकाको पढ्न पाउने हक र उनीहरूको मनोवैज्ञानिक पक्षधरलाई मध्यनजर गर्दै सम्पूर्ण शिक्षकलाई विद्यालय फर्केर भोली मंगलबार ९ गतेदेखी नै कक्षा सुचारु गर्न निर्देशन दिइएको गाउँपालिकाका अध्यक्ष छवि लामाले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ ।

यता २०औं दिन देखि विभिन्न माग तथा विद्यालय शिक्षा ऐनको माग राख्दै  देशभरका शिक्षक आन्दोलनरत रहेका छन्। -सुबास बस्नेत/ दोलखा

यस्तो छ पालिकाको पत्र

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ३ : ५२ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६