आन्दोलनरत शिक्षकलाई विद्यालय सुचारू गर्न वैतेश्वरको निर्देशन  « Khabarhub

आन्दोलनरत शिक्षकलाई विद्यालय सुचारू गर्न वैतेश्वरको निर्देशन 


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले आन्दोलनरत प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिलाई तत्काल विद्यालयमा फर्केर पठनपाठन सुचारु गर्न निर्देशन दिएको छ ।

सोमबार वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले एक सार्वजनिक सूचना जारी गर्दै विद्यालय शिक्षा ऐनको माग गर्दै २०दिनदेखि आन्दोलनमा सहभागी सामुदायिक विद्यालयका शिक्षकहरूलाई तत्काल कक्षा सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

आन्दोलनका कारण सामुदायिक विद्यालयहरुले विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण गरी कक्षा सञ्चालन गर्नुपर्नेमा हालसम्म उक्त कार्यहरू नगरेकाले बालबालिकाको पढ्न पाउने हक र उनीहरूको मनोवैज्ञानिक पक्षधरलाई मध्यनजर गर्दै सम्पूर्ण शिक्षकलाई विद्यालय फर्केर भोली मंगलबार ९ गतेदेखी नै कक्षा सुचारु गर्न निर्देशन दिइएको गाउँपालिकाका अध्यक्ष छवि लामाले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ ।

यता २०औं दिन देखि विभिन्न माग तथा विद्यालय शिक्षा ऐनको माग राख्दै  देशभरका शिक्षक आन्दोलनरत रहेका छन्। -सुबास बस्नेत/ दोलखा

यस्तो छ पालिकाको पत्र

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ३ : ५२ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा