तीनकुने घटनामामा संलग्न थप एक जना पक्राउ « Khabarhub

तीनकुने घटनामामा संलग्न थप एक जना पक्राउ


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चैत १५ गते काठमाडौंस्थित तिनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न थप एक जना पक्राउ परेका छन् । 

काठमाडौं जिल्ला परिसरका प्रवक्ता अपिल बोहराका अनुसार झापा जिल्ला अर्जुनधारा नगरपालिका ५ घर भई वर्ष ४८  ओमप्रकाश लुँइटेल पक्राउ परेका हुन् । उनी राजावादीको आन्दोलनमा आगजनी र तोडफोडमा संलग्न रहेको पाइएको छ । 

काठमाडौं जिल्ला अदालत बाट चार दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ दुर्गा थापा नेतृत्वको आन्दोलनमा सहभागी थिए ।

यो सँगै तीनकुने हिंसात्मक घटनामा पक्राउ पर्नेको सङ्ख्या ८३ पुग्यो । जसमा ८ जना हाजिरी जमानीमा छुटेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ४ : २१ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा