गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण | Khabarhub Khabarhub

गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख भट्टले गण्डकी प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक र केही गण्डकी प्रदेश ऐन खारेज गर्न बनेको विधेयक संविधानको धारा, २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

प्रदेश प्रमुखको कार्यालयका उपसचिव ऋषिराम सुवेदीका अनुसार ‘गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘केही गण्डकी प्रदेश ऐन खारेज गर्न बनेको विधेयक’ प्रमाणीकरण भएका हुन् । 

केही गण्डकी प्रदेश ऐन खारेज गर्न बनेको विधेयकले गण्डकीका ३ ऐन खारेज गरेको छ ।  गण्डकी प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५, गण्डकी प्रदेश ताल संरक्षण तथा विकास प्राधिकरण ऐन, २०७५ र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान ऐन, २०७६ खारेज भएका हुन् । अब प्रदेश राजपत्रमा प्रकाशित भएपछि ती ऐन औपचारिक रुपमै खारेज भएका छन् । दुग्ध विकास बोर्ड र तालप्राधिकरण खारेजीमा त्यति विरोध नआए पनि गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (जिपास्ट) खारेज गरेकामा सरकार निकै आलोचित भएको छ । 

खर्च बढी भएको त्यसअनुसार परिणाम र प्रभावकारिता नभएको भन्दै सरकारले ऐनसँगै ती संरचना खारेजी गर्ने निर्णय गरेको हो । गत फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले यी संस्था खारेजीको निर्णय गरेको थियो । यी ३ संस्थाका लागि ३ आर्थिक वर्षमा प्रदेश सरकारले करिब १२ करोड रुपैयाँ खर्च गरेको छ ।

‘कार्यसम्पादन सन्तोषजनक नदेखिएकोले निकायबाट सम्पादन हुने कार्यसम्बन्धी मन्त्रालय वा प्रदेश सरकारले तोकेको यस्तै प्रकृतिको निकायबाट सम्पादन हुनेगरि प्रशासनिक खर्च कटौती गर्दै प्रदेश सरकारको संरचनात्मक चुस्तता गर्न आवश्यक देखिएकोले’ भन्दै विधेयक खारेज गरिएको हो । 

विज्ञान प्रविधिको क्षेत्रमा मिहीन ढंगले काम गर्दै आएको जिपास्टका लागि पहिलो आर्थिक वर्षमा करोड ४३ लाख २८ हजार, दोस्रोमा १ करोड ८९ लाख ५१ हजार र चालु आर्थिक वर्षमा २ करोड १७ लाख १९ हजारसहित हालसम्म ६ करोड ४९ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।
 

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ४ : ४१ बजे

नेपालमा रुबेला रोग निवारण भएको डब्ल्यूएचओको घोषणा

काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालमा रुबेला रोग निवारण

सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगनकुमार थापाले सरकारलाई

नेपालमा अत्याधुनिक वासर ड्रायर सार्वजनिक

काठमाडौं– टीसीएल इलेक्ट्रोनिक्सले नेपाली बजारमा अत्याधुनिक प्रविधियुक्त सी७११०डब्ल्यूडीजी फ्रन्ट–लोड वासर

सशस्त्र प्रहरी नायव उपरीक्षक सुब्बा सम्मानित

वीरगञ्ज– सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बा सम्मानित

स्वास्थ्य मन्त्रालयद्वारा स्वर्ण प्राशन निर्देशिका स्वीकृत

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वर्ण प्राशन निर्देशिका स्वीकृत गरेको