कक्षा १२ को वार्षिक परीक्षा नरोक्ने बोर्डको निर्णय « Khabarhub

कक्षा १२ को वार्षिक परीक्षा नरोक्ने बोर्डको निर्णय


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन हुने जनाएको छ । आज बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा परेपछि आज बसेको बोर्ड बैठकले परीक्षा नरोक्ने निर्णय लिएको हो ।

बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नरोक्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

शिक्षक महासङ्घको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् ।

शिक्षा ऐन जारी नभएसम्मका आन्दोलन नरोकिने उनीहरूको भनाइ कायमै रहेको बेला बोर्डले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

आन्दोलनरत शिक्षकहरू माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडानमा छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १० : ३५ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा