गण्डकी प्रदेशका अस्पताल स्तरोन्नति हुँदै, ७०० शय्या पुग्ने « Khabarhub

गण्डकी प्रदेशका अस्पताल स्तरोन्नति हुँदै, ७०० शय्या पुग्ने


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका अस्पतालहरू स्तरोन्नतिको प्रक्रियामा प्रवेश गरेका छन्। सोमबार साँझ सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश मातहतका स्वास्थ्य संस्थाहरूलाई स्तरोन्नति गर्न स्वास्थ्य मन्त्रालयले पेश गरेको प्रस्तावलाई सैद्धान्तिक सहमति दिएको छ।

स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले धौलागिरी र मध्यबिन्दु प्रादेशिक अस्पताललाई ५० शय्याबाट सय शय्यामा विस्तार गर्ने प्रस्ताव अघि सारेका थिए। त्यस्तै, मुस्ताङ र मनाङका जिल्ला अस्पताललाई २५ शय्यामा तथा अन्य जिल्ला अस्पताललाई ५० शय्याका दरले स्तरोन्नति गर्न प्रस्ताव गरिएको थियो। मन्त्रिपरिषद्ले उक्त प्रस्ताव अनुमोदन गरेपछि अस्पताल स्तरोन्नतिको कार्य अगाडि बढ्ने भएको छ।

हाल गण्डकी प्रदेश सरकार अन्तर्गत रहेका अस्पतालहरूमा ३ सय ९५ शय्याको क्षमता रहेकोमा स्तरोन्नतिपछि यो सङ्ख्या ७ सय पुग्नेछ। मन्त्री पाठकले यस कदमलाई प्रदेशको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि भएको बताएका छन्। उनका अनुसार नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन अस्पताल स्तरोन्नति र विशेषज्ञ सेवा विस्तार अत्यावश्यक छ।

यसै आर्थिक वर्षमा कास्कीको गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धौलागिरि आयुर्वेद अस्पताललाई पनि अन्तरङ्ग सेवासहित २५ शय्याका आधुनिक आयुर्वेद अस्पतालमा स्तरोन्नति गरिएको छ।

मन्त्री पाठकले स्तरोन्नतिपछि अस्पतालहरूमा पूर्वाधार, उपकरण र मानव संसाधनको व्यवस्था क्रमशः गरिने जानकारी दिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हाल ५ सय ६४ स्थायी दरबन्दीमध्ये १ सय ८७ पद रिक्त छन्। करारमा कार्यरत ८ सयभन्दा बढी जनशक्तिसहित हाल १ हजार १ सय ३३ जना कर्मचारी कार्यरत छन्। स्तरोन्नतिपछि कुल दरबन्दी १ हजार २ सय ४४ पुग्नेछ, जसको व्यवस्थापनका लागि मन्त्रालय तयारीमा जुटेको छ।

शय्या थपिए पनि सरकारलाई आर्थिक भार भने नथपिने मन्त्री पाठकले बताए । अस्पतालहरूमा बिरामीको चाप अत्यधिक छ । उनीहरूबाट उठाउने शुल्कबाटै थप शय्याको व्यवस्थापन हुने उनको भनाइ थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १ : ५४ बजे

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को