तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गोरखाकी मीना « Khabarhub

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गोरखाकी मीना


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा नगरपालिका–७ डण्डीडाँडाकी ४३ वर्षीया मीना कोइराला प्रायः खेतबारीमै भेटिन्छिन् । उनले कोइरालाटोलमा सात रोपनी जग्गा भाडामा लिएर विगत ११ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएकी छन् ।

मौसमी तरकारीसँगै प्याजको बेर्ना बिक्री गरी वार्षिक एक लाख बढी आम्दानी लिने गरेको कोइराला बताउँछिन् । ‘११ वर्षअघि पाखो बारी भाडामा लिएर तरकारीखेती सुरु गरेकी हुँ । अहिले पनि वार्षिक १० हजार भाडा तिर्छु’, उनले भनिन् ।  तरकारीखेतीमा सिँचाइ अभाव र बाँदरले सताउने गरे पनि आफ्नो कर्म नछाडेको उनी बताउँछिन् ।

मीनाको श्रीमान् दुबईमा वैदेशिक रोजगारीमा छन् । जेठी छोरी पनि दुबईमै नर्सिङ पेसामा छिन्  । ‘कान्छी छोरी काठमाडौं डेन्टल पढ्छे । छोरो यो वर्ष कक्षा ९ मा पुग्यो’, उनले भनिन्, ‘मेरो कमाइले छोराछोरी पढाउन, घर खर्च चलाउन पुग्छ । जे होस् अहिलेसम्म अरूसँग हात फैलाउनु परेको छैन ।’

यतिखेर उनको बारीमा अहिले ढकमक्क बन्दागोभी छ । काँक्रो, करेला र खुर्सानी गोड्ने बेला भएको छ । ‘बन्दापछि काँक्रो, करेलालगायत अन्य मौसमी तरकारीहरूको ‘सिजन’ सुरु हुन्छ । त्यसपछि प्याजको बीउ तयार गर्छु’, उनी भन्छिन्, “विषादी प्रयोग गर्दिनँ ।’

उनका अनुसार ११ वर्षअघि गाउँमा व्यावसायिक तरकारीखेती गर्ने चलन थिएन । जब उनले तरकारी खेती गरेर आम्दानी लिन थालिन्, त्यसपछि अरूले उनकै सिको गरे ।  उनी महिलाहरूले पनि केही न केही पेसा वा व्यवसाय गरे श्रीमान्को कमाइमा निर्भर हुनु नपर्ने बताउँछिन् ।

उनले हालसम्म कुनै कृषि फार्म दर्ता गरी सरकारी अनुदान लिएकी छैनन् । उनी भन्छिन्, ‘म आफूले जे जति सक्छु गर्छु । अरूले अनुदान देलान्, साथ, सहयोग गर्लान् भनेर आशा लाग्दैन ।’ उनको तरकारी बिक्री गर्ने मुख्य बजार गोरखा सदरमुकाम हो ।

व्यापारीहरू तरकारी लिन मीनाको बारीमै पुग्छन् । पहिलेजस्तो बजारको समस्या नभएको उनको अनुभव छ । गोरखा नगरपालिका–७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठले कोइराला जस्ता परिश्रमी महिलालाई प्रोत्साहन गर्ने गरेको बताए  ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ४ : ०६ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी