ट्रम्पको धम्कीले क्युबेकलाई क्यानाडाको नजिक ल्याउँदै « Khabarhub

ट्रम्पको धम्कीले क्युबेकलाई क्यानाडाको नजिक ल्याउँदै


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

मन्ट्रियल– लामो समयदेखि गहिरो जरा भएको स्वतन्त्रता आन्दोलनका लागि परिचित क्युबेकले डोनाल्ड ट्रम्पको तीखो आक्रमणको सामना गर्दै क्यानाडाको भागका रूपमा आफ्नो पहिचानलाई दुर्लभ जोशका साथ अँगाल्दै आएको छ ।

अमेरिकाको उत्तरी छिमेकी विरुद्ध अमेरिकी राष्ट्रपतिको आक्रमण र यसलाई ५१औँ राज्य बनाउने उहाँको घोषित लक्ष्यले देशभरका मानिसहरूलाई २१औँ शताब्दीमा क्यानाडाली हुनुको अर्थ के हो भनेर पुनर्विचार गर्न प्रेरित गरेको छ । उक्त पुनर्विचारलाई आउँदै गरेको सामान्य निर्वाचनले थप प्रोत्साहन दिएको छ ।

अपेक्षाहरू विपरीत क्यानाडाको बहुमतबाट आफूलाई अलग राख्न मन पराउने क्युबेक–फ्रान्सेली भाषी प्रान्त नयाँ देशभक्तिको भावनालाई सबैभन्दा बढी उत्साहपूर्वक अपनाउनेहरू मध्ये एक भएको छ ।

‘यो पागलपन हो, केवल केही हप्तामा मैले धेरै कुरामा विकास गरेको छु– म आफूलाई धेरै क्यानोडाली भएको महसुस गर्दछु’, क्यारोल पोटभिनले स्वतन्त्रता समर्थक ब्लक क्युबेकिस पार्टीको गढ रहेको मन्ट्रियल छिमेकमा कफी पिउँदै बसेर फ्रान्सेली भाषामा भने, ‘हामीले खतरामा परेको महसुस गर्यौं र अमेरिकी शत्रुको सामना गर्न मलाई यो स्पष्ट लाग्छ कि हामी एकजुट हुनुपर्छ ।’

क्युबेकको विशिष्ट संस्कृति र राजनीतिक इतिहाससँगै यस भाषाले स्वतन्त्रताको सपनालाई पोषण गरेको छ । विभाजनबारे प्रान्तको सबैभन्दा भर्खरको जनमतसङ्ग्रह सन् १९९५ मा भएको थियो । यद्यपि हालसम्म धेरैले नयाँ जनमत सङ्ग्रह चाँडै हुन सक्ने आशा गरेका थिए ।

कतिपयका लागि सीमाको दक्षिणमा ट्रम्पको शपथग्रहण पछिका हप्ताहरूले सबै कुरा परिवर्तन गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ४ : १६ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा