अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी पुरा « Khabarhub

अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी पुरा


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ देखि काठमाडौंमा सुरु हुने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी पुरा भएको जनाएको छ ।  

महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वैशाख २५ देखि २९ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने मेलाको तयारी पुरा भएको नजाएको हो ।

मेलामा नेपाल सहित चीन, भारत, पाकिस्तान, र बङ्गलादेशका स्टलहरू सहभागी हुने व्यापार मेला समितिका सभापति उमेश डाल्मियाले जानकारी दिए । 

मेलाले नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न मेलाले सघाउ पुर्‍याउने उनले बताए ।

उनले स्वदेशी तथा विदेशी गरी कुल २५० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने जानकारी दिए । 

यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताहरूले अवलोकन गर्ने अपेक्षा राखिएको आयोजकले जनाएको छ ।

मेलामा चीनबाट पावर ट्रान्समिसन इक्युपमेन्ट, इलेक्टिकल्स तथा अटो मोबाइल्स, फुड एण्ड वेभरेज, मिलक प्रडक्ट, किचन वेयर, गार्मेन्टस्, बंगलादेशबाट गार्मेन्ट्स, पाकिस्तानबाट लेदर तथा गामेन्ट्स स्टलहरू रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ४ : ५३ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी