करिब ३ सय २३ किलो गाँजासहित एक जना पक्राउ « Khabarhub

करिब ३ सय २३ किलो गाँजासहित एक जना पक्राउ


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सुनसरी– कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध गाँजा करिब ३ सय २३ किलो २ सय १० ग्राम र खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित भोजपुर अरुण गाउँपालिका-५ बस्ने २६ वर्षीय तेजेन्द्र कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको थियो । 

थप अनुसन्धानको क्रममा उनले सोही ठाउँमा पार्किङ गरी राखेको प्रदेश १-०२-००२ च ५३४८ नम्बरको योद्धा गाडीलाई प्रहरीले तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ५ : ३८ बजे

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन चिसो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको