आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि « Khabarhub

आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षक महासंघको दबाबपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । आगामी बिहीबारबाट हुने परीक्षा अब वैशाख २१ गतेबाट हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए ।

मंगलबार बिहान बसेको बोर्ड बैठकले कर्मचारी परिचालन गरेर तोकिएकै दिन परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको चौतर्फी आलोचना भएको थियो । शिक्षक महासंघले परीक्षा बहिष्कारको निर्णय लिएको थियो ।

त्यहीकारण शिक्षामन्त्रीको पनि जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डलाई परीक्षा सार्न निर्देशन दिएका थिए । बोर्डको निर्णयपछि अधिकारीहरू दिनभर छलफलमा थिए ।

बोर्डका अध्यक्ष शर्मासहितको टोली मंगलबार साँझ प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न बालुवाटार गएको थियो । छलफलमा प्रधानमन्त्रीले केही दिन परीक्षा सार्न निर्देशन दिएका थिए ।

बिहानको बोर्ड बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मा दिएर कर्मचारी परिचालन गरी परीक्षा गर्ने निर्णय गरेको थियो ।

तर नेपाल शिक्षक महासंघले परीक्षा सञ्चालनमा सहभागी नहुन शिक्षक-कर्मचारीलाई आहवान गरेको थियो । चैत २० गतेबाट काठमाडौं केन्द्रित सडक प्रर्दशनमा रहेको महासंघले चैत २५ बाट शैक्षिक हड्ताल घोषणा गरेको छ ।

तर आन्दोलित शिक्षकहरूसँग सहमति प्रयासमा जुटेकी शिक्षा मन्त्री विद्या भट्टराईलाई प्रधानमन्त्रीको असहयोग हुँदा सोमाबर राजीनामा दिइसकेकी छन् ।

कक्षा १२ को परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुँदै छन् । परीक्षाका लागि जापानसहित एक हजार पाँच सय ९१ परीक्षा केन्द्र निर्धारित थिए ।

परीक्षामा एक हजार ८ सय देखि २ हजार कर्मचारी, हरेक केन्द्रमा एकजना कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गर्न लागिएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ८ : ४२ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द