राप्ती लोकमार्गका थप सडक स्तरवृद्धि हुँदै | Khabarhub Khabarhub

राप्ती लोकमार्गका थप सडक स्तरवृद्धि हुँदै


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– राप्ती लोकमार्गअन्तर्गत दाङको तुलसीपुरबाट सल्यान कपुरकोटसम्म स्तरवृद्धि हुन बाँकी खण्डको काम अघि बढेको छ । हाल कपुरकोटबाट राम्रीसम्म यही वैशाख १४ सम्म दैनिक पाँच घण्टा सडक बन्द गरेर स्तरवृद्धि गर्न लागिएको हो । 
 
नियमित सवारिसाधन सञ्चालनमा आउँदा स्तरोन्नतिको काम प्रभावित भएको भन्दै गत सोमबारदेखि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक पाँच घण्टा सडक बन्द गरेर काम अघि बढाइएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अमिर सुवेदीले जानकारी दिए । उनका अनुसार साना तथा अत्यावश्यक सवारीसाधनका लागि पैयाखोरिया-सातावास-किमुचौर-कपुरकोट खण्ड प्रयोग गर्ने गरिएको छ । ठूला सवारिसाधन भने जाममा पर्ने गरेका छन् ।  

सडक विस्तार तथा निर्माण भइरहेकाले निर्माण व्यवसायीको आग्रहमा वैशाख ८ देखि १४ गतेसम्मका लागि दैनिक पाँच घण्टा सडक बन्द गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । 

चार किलोमिटर सडक विस्तारका लागि १३ करोड २३ लाखमा आरडी उज्ज्वल लोकमणि ज्वाइन्ट भेन्चरसँग ठेक्का सम्झौता गरी काम सुरु गरिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सुवेदीले बताए।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १ : २१ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्यमा गिरावट देखिएको छ । साताको दोस्रो दिन

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका