तलब कार्यान्वयन नभए सेवा ठप्प पार्ने आवासीय चिकित्सकको चेतावनी  « Khabarhub

तलब कार्यान्वयन नभए सेवा ठप्प पार्ने आवासीय चिकित्सकको चेतावनी 


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्दोलनरत निजी मेडिकल कलेजहरूमा कार्यरत आवासीय चिकित्सकहरूले तलब कार्यान्वयन नभएसम्म सम्पूर्ण नियमित चिकित्सकीय सेवा बन्द गर्ने चेतावनी  दिएका छन् । 

चिकित्सा शिक्षा आयोग र सम्बन्धित विश्वविद्यालयले तोकेको आठौँ तहको तलब तत्काल लागू गर्न माग गर्दै विगत २८ दिनदेखि आन्दोलनरत चिकित्सकहरूले बुधबार विज्ञप्ति जारी गर्दै हामी तलबका लागि बिन्ती गरिरहेका होइनौँ, यो हाम्रो मिहिनेतको न्यूनतम सम्मान हो भनेका छन् । 

चिकित्सकहरूले आफूहरूले वर्षौंदेखि बिरामीहरूको सेवा गर्दै आएको, पारिवारिक दूरी, निद्रा र व्यक्तिगत समयको त्याग गरेर काम गरिरहे पनि संस्थाहरूले उचित मूल्य नदिएको गुनासो गरेका छन् । 

निजी कलेजहरूले सम्बन्धित निकायको निर्देशन हुँदाहुँदै पनि कानुनी तलब नदिई खुलेआम उल्लङ्घन गरिरहेका उनीहरूको आरोप छ । यसबाहेक आन्दोलनका क्रममा विभिन्न किसिमको मानसिक दबाब, धम्की र दमनको सामना गर्नुपरेको उनीहरूले बताएका छन् । 

कतिपय साथीहरूलाई व्यक्तिगत रूपमा बोलाएर डर देखाउने, कक्षाबाट हटाउने चेतावनी दिने, दर्ता रोक्ने वा निष्कासनको धम्की दिने काम भइरहेको छ, विज्ञप्तिमा भनिएको छ ।

दलीय ‌‌ओत पाएका निजी मेडिकल कलेजसामु निरीह सरकार, आवासीय डाक्टरका पीडा कसले सुनिदिने रु उनीहरूले तलब कार्यान्वयन नभएसम्म सम्पूर्ण नियमित चिकित्सकीय सेवा बन्द गर्ने चेतावनी  दिएका छन् । साथै, उनीहरूले शिक्षक, वरिष्ठ चिकित्सक, मानव अधिकार संस्था र श्रमकर्मीहरूलाई आफ्नो आवाजमा साथ दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ३२ बजे

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई