तलब कार्यान्वयन नभए सेवा ठप्प पार्ने आवासीय चिकित्सकको चेतावनी  « Khabarhub

तलब कार्यान्वयन नभए सेवा ठप्प पार्ने आवासीय चिकित्सकको चेतावनी 


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्दोलनरत निजी मेडिकल कलेजहरूमा कार्यरत आवासीय चिकित्सकहरूले तलब कार्यान्वयन नभएसम्म सम्पूर्ण नियमित चिकित्सकीय सेवा बन्द गर्ने चेतावनी  दिएका छन् । 

चिकित्सा शिक्षा आयोग र सम्बन्धित विश्वविद्यालयले तोकेको आठौँ तहको तलब तत्काल लागू गर्न माग गर्दै विगत २८ दिनदेखि आन्दोलनरत चिकित्सकहरूले बुधबार विज्ञप्ति जारी गर्दै हामी तलबका लागि बिन्ती गरिरहेका होइनौँ, यो हाम्रो मिहिनेतको न्यूनतम सम्मान हो भनेका छन् । 

चिकित्सकहरूले आफूहरूले वर्षौंदेखि बिरामीहरूको सेवा गर्दै आएको, पारिवारिक दूरी, निद्रा र व्यक्तिगत समयको त्याग गरेर काम गरिरहे पनि संस्थाहरूले उचित मूल्य नदिएको गुनासो गरेका छन् । 

निजी कलेजहरूले सम्बन्धित निकायको निर्देशन हुँदाहुँदै पनि कानुनी तलब नदिई खुलेआम उल्लङ्घन गरिरहेका उनीहरूको आरोप छ । यसबाहेक आन्दोलनका क्रममा विभिन्न किसिमको मानसिक दबाब, धम्की र दमनको सामना गर्नुपरेको उनीहरूले बताएका छन् । 

कतिपय साथीहरूलाई व्यक्तिगत रूपमा बोलाएर डर देखाउने, कक्षाबाट हटाउने चेतावनी दिने, दर्ता रोक्ने वा निष्कासनको धम्की दिने काम भइरहेको छ, विज्ञप्तिमा भनिएको छ ।

दलीय ‌‌ओत पाएका निजी मेडिकल कलेजसामु निरीह सरकार, आवासीय डाक्टरका पीडा कसले सुनिदिने रु उनीहरूले तलब कार्यान्वयन नभएसम्म सम्पूर्ण नियमित चिकित्सकीय सेवा बन्द गर्ने चेतावनी  दिएका छन् । साथै, उनीहरूले शिक्षक, वरिष्ठ चिकित्सक, मानव अधिकार संस्था र श्रमकर्मीहरूलाई आफ्नो आवाजमा साथ दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ३२ बजे

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ