आईपीएलमा आतंकबादको विरोध : खेलाडीहरू कालोपट्टी लगाएर खेल्ने | Khabarhub Khabarhub

आईपीएलमा आतंकबादको विरोध : खेलाडीहरू कालोपट्टी लगाएर खेल्ने


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज हुने सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सबीच हुने आईपीएल खेलमा सबै खेलाडी र अम्पायर कालोपट्टी लगाएर मैदानमा आउने भएका छन् । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले २२ अप्रिल, मंगलबारमा पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाएका २८ जनालाई श्रद्धाञ्जली दिन यो निर्णय गरेको हो।

यति मात्र होइन, आजको यो खेलमा मैदानमा कुनै किसिमको उत्सव पनि हुने छैन । खेल शान्तिपूर्ण रुपमा खेलाइने छ । न पटाका फुट्नेछ, न त द लेडी चियर्सहरूले नै नाच्नेछन् । खेलअघि आतंकवादी हमलामा मारिएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन धारणसमेत गरिने छ ।

खेल भारतीय समय अनुसार साँझ ७ः३० बजेबाट सुरु हुनेछ ।
 
 

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ४४ बजे

सङ्खुवा खोलामा बेलिब्रिज जडान

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२

दही व्यवसायीलाई चटारो, तीन दिनदेखि भ्याइनभ्याइ

भक्तपुर – आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

बाँकेमा चट्याङ लागेर महिलाको मृत्यु

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर आज एक महिलाको

सुदूरपश्चिम प्रदेशसभाः राजस्व र व्ययको अनुमानमाथि छलफल

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३

अत्यधिक शरणार्थी फिर्ता हुँदा अफगानिस्तानको स्थायित्वमा असर पर्ने जोखिम

काबुल – अफगान शरणार्थीहरू ठूलो संख्यामा छिमेकी मुलुक इरानबाट आफ्नो