काठमाडौं महानगरले थाल्यो सहकारीको अनुगमन | Khabarhub Khabarhub

काठमाडौं महानगरले थाल्यो सहकारीको अनुगमन


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाको सहकारी विभागले सहकारी संस्थाहरूको नियमित र आकस्मिक अनुगमन सुरू गरेको छ । कामपा सहकारी विभागका प्रमुख नमराज ढकालको संयोजकत्वमा गठित सहकारी अनुगमन टोलीले गत चैतदेखि नै अनुगमन सुरू गरेको हो ।

प्रमुख ढकालका अनुसार अहिलेसम्म १० वटा सहकारी संस्थाको अनुगमन गरिसकेको छ । यसपटक ४० वटाको अनुगमन गर्ने लक्ष्य छ । अनुगमनका लागि ५६ वटा सूचक निर्धारण गरिएका छन् । यिनै सूचकका आधारमा अनुगमन हुन्छ ।

अनुगमनमा जनप्रतिनिधि, कर्मचारी, वित्तीय विश्लेषक र अभियानकर्तासहितको टोली छ । सहकारीहरूलाई तीन भागमा वर्गीकरण गरेर अनुगमन योजना बनाइएको टोलीका संयोजक ढकालले जानकारी दिए । उनका अनुसार गुनासा आएका, असल अभ्यास भएका र रू २५ करोड धेरै लगानी भएका सहकारी प्राथमिकतामा छन् ।

कामपाको सहकारी ऐन २०७४ को दफा ७९ र दफा १९६, नेपाल सरकार, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट जारी बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको सुपरीवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका, २०७७ को दफा ३० को उपदफा (२) बमोजिम समिति गठन गरिएको हो ।

समितिलाई अनुगमन सूचकको अधिनमा सम्बन्धित वडा समितिसँगको समन्वय र सहयोगमा अनुगमन गर्ने जिम्मेवारी दिइएको छ । टोलीले वित्तीय विश्लेषक, परामर्शदाता र विज्ञको सहयोगमा नियामकीय क्षेत्रभित्र पर्ने सहकारी संस्थाहरूको अनुगमन गर्ने र प्रतिवेदन तयार पार्नेछ ।

कामपाको कार्यक्षेत्र भएका एक हजार ९१७ वटा सहकारी संस्था छन् । यीमध्ये २०८०र०८१ को साधारणसभाको विवरण अद्यावधिक गराउनेको सङ्ख्या ७५० रहेको छ । सहकारी तथा गरिबीसम्बन्धी एकीकृत व्यवस्थापन सूचना प्रणाली (कोअपरेटिभ एण्ड पोभर्टी रिलेटेड म्यानेजमेन्ट इन्फरमेसन सिस्टम–कोपोमिस)मा दर्ता भएका सहकारीको सङ्ख्या एक हजार ७४८ छ । दुई वटा समस्याग्रस्त घोषणा भएका सहकारी छन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ९ : ०२ बजे

आज २०८२ साल वैशाख ११ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख ११ गते बिहीबार। वैशाख

श्रीमतीको हत्या गरी फरार तामाङ नुवाकोटबाट पक्राउ

काठमाडौं – शङ्खरापुर नगरपालिका–९ सानागाउँमा श्रीमतीको हत्या गरी फरार पदमबहादुर

पहलगाम घटनापछि पाकिस्तानीलाई भारत छोड्न निर्देशन, सिन्धु जल सम्झौता पनि खारेज

काठमाडौं – काश्मिरको पहलगाममा भएको आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कठोर निर्णय

तराईमा आगामी दुई दिन अत्यधिक गर्मी हुने, सावधानी अपनाउन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा आगामी

कश्मिरमा मारिएका सुदीपको शव आजै लखनउ हुँदै बुटवल ल्याइने

काठमाडौं – काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा