जनमत-नाउपा एकता वैशाख १७ गते गर्ने तयारी | Khabarhub Khabarhub

जनमत-नाउपा एकता वैशाख १७ गते गर्ने तयारी


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टीसँग एकता घोषणाको तयारी भइरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जनमत र नागरिक उन्मुक्तिबीच एकता घोषणाको तयारी भइरहेको बताएका हुन् । 

‘जनताको भावना र आकांक्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढने नै छौँ । एकता हुन्छ नै,’ अध्यक्ष राउतले लेखेका छन्, ‘यही वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच घोषणाको तयारी गर्दैछौँ ।’

उनले जनमत र नागरिक उन्मुक्तिबीच एकता हुन लागेपछि धेरै पार्टी र शक्तिहरूको निन्द्रा उडेको पनि दाबी गरेका छन् । 

‘धेरै  पार्टी र शक्तिहरूको अहिले निद्रा उडेको छ । किन कि आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ,’ उनको भनाइ छ, ‘नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ ।’

राउतले दुई दलबीच एकता हुन नदिन षड्यन्त्र भइरहेको पनि उल्लेख गरेका छन् । ‘तर हामीलाई शक्तिशाली देख्न नचाहने तत्वहरूले हामीलाई (जनमत र नाउपा दुइटैलाई) तहस–नहस गर्नका लागि विगत ७-८ महिनादेखि कुनै कसर बाँकी राखेका छैनन्,’ उनले लेखेका छन् । 

अध्यक्ष राउतले परिवारमा झगडा गराउनेदेखि आफूलाई ज्यान मार्ने धम्की र रेशम चौधरीलाई फेरि पक्राउ गराइदिने धम्की दिएर एकता हुन नदिने प्रपञ्च भइरहेको पनि बताएका छन् । 

‘परिवारमा झगडा लगाएर फुट ल्याएर होस् कि पार्टी भित्रैका पदाधिकारीहरूमाथि पैसा, गाडी, साधन-स्रोत प्रयोग गरेर होस्, कि मिडियामा नानाभाँती समाचार लेखाएर बदनाम गर्दै चरित्र हत्या गर्दै निरूत्साहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस्, कि पार्टी फुटाइदिने षड्यन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरू नै खरिद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुनः पक्राउ गराइदिने धम्की होस्,  कुनै पनि कसर  बाँकी राखेका छैनन्,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  १ : २३ बजे

किस्ट अस्पतालमा तोडफोड, मृतकका आफन्त र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरू)

काठमाडौं– बिरामीको मृत्युलाई लिएर किस्ट अस्पतालमा तनाव भएको छ ।

‘जारी २’ को ट्रेलर : दोहोरियो दयाहाङ-मिरुनाको झगडा, यसपाली छोरी छोडेर माइती

काठमाडौं – कात्तिक २१ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘जारी

थप १ सय ४४ जनामा डेंगु सङ्क्रमण, सङ्क्रमित ६ हजार नाघे

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ४४ जनामा डेंगुको

दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका हेलिकोप्टर र लडाकु विमान दुर्घटना

काठमाडौं- दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका लडाकु विमान र हेलिकोप्टर

जेन-जी आन्दोलनका घाइतेको उपचारमा कुनै कमी भएको छैन : स्वास्थ्यमन्त्री शर्मा 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले जेन-जी आन्दोलनका