आन्दोलनरत चिकित्सक र स्वास्थ्यमन्त्रीबीच वार्ता जारी  « Khabarhub

आन्दोलनरत चिकित्सक र स्वास्थ्यमन्त्रीबीच वार्ता जारी 


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमााडौं– आन्दोलनरत आवासीय चिकित्सकहरुले स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग वार्ता सुरु गरेका छन् । 

स्वास्थ्य मन्त्रालयमा जारी वार्तामा स्वास्थ्यमन्त्री पौडेल, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की, आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरे, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. मंगल रावल लगायत सहभागी छन् ।

सरकारी सरह निर्वाह भत्ताको माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू विगत २९ दिनदेखि विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरूले आज बिहान माइतीघर मण्डलामा पनि प्रदर्शन गरेका थिए ।

२४ घण्टाभित्र आफ्नो माग पुरा नभए शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी उनीहरूले दिएका छन् । 

निजी मेडिकल कलेजले निर्वाह भत्ता नदिएसम्म नियमित चिकित्सकीय सेवा पूर्णरूपमा बन्द रहने आवासीय चिकित्सक बताउँछन् । 

यता निजी मेडिकल कलेजका सञ्चालकहरूले भने सरकारी सरह निर्वाह भत्ता दिन नसकिने अडान राख्दै आएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  १ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै