शुक्लाफाँटाका दुई हजार ५५२ किसान सूचिकृत | Khabarhub Khabarhub

शुक्लाफाँटाका दुई हजार ५५२ किसान सूचिकृत


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाका दुई हजार ५५२ घरधुरीका किसानलाई सूचिकरण गरिएको छ ।  कृषि पेशा व्यवसायमा संलग्न किसानलाई उपलव्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागि किसानलाई सूचिकरण गरिएको हो ।

किसान सूचिकरण संकेत नम्बर भएका किसानलाई मात्रै अनुदानलगायतका कार्यक्रममा समावेश गरिने भएकाले सूचिकरणको कार्य अगाडि बढाइएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करन बुढाऐरले बताए। 

उनका अनुसार नगरपालिकाको–१, ११ र १२ मा किसान सूचिकरण गरिएको छ । जसअनुसार वडा नं १ मा ४६८, वडा नं ११ मा एक हजार २१ र वडा नं १२ मा एक हजार ६३ गरी दुई हजार पाँच सय ५२ घरधुरीलाई सूचिकरण गरिएको छ ।

आगामी आबमा नगरपालिका–२, ३, ४, १० र ५ मा किसान सूचिकरण कार्य गरिने उनले बताए। कृषि विषय अध्ययन गर्ने अभ्यार्थीलाई परिचालन गरी सूचिकरण कार्य गरिएको उनको भनाइ रहेको छ । 

‘सूचिकरणले किसान परिचयपत्र दिन सजिलो हुने, किसानलाई खेतीका आधारमा ठुलो सानो गरी बर्गीकरण सकिने र त्यही आधारमा अनुदानका कार्यक्रम सञ्चालन गर्न मद्दत पुग्छ’ उनले भने, ‘सूचिकरणकै आधारमा आवश्यक बजेट विनियोजन गरी कार्यक्रम तर्जुमा गरी कार्यअगाडि बढाउन सकिन्छ ।’
 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  १ : ५४ बजे

पुलावामाको झल्को दिने पहलगाम हमला, भारत–पाक युद्धको जोखिम कति ?

काठमाडौं– दुई दिनअघि भारत प्रशासित जम्मु कश्मीरको पहलगाममा आतंककारी आक्रमण

फिलिपिन्समा सवारी दुर्घटनाः तीन जनाको मृत्यु, १० जना घाइते

मनीला – फिलिपिन्सको राजधानी मनीलामा भएको सवारी दुर्घटनामा तीन जनाको

ओलीको ‘लभ’ निजीलाई कि सरकारी ?

काठमाडौं– सत्तारुढ नेकपा एमालेका कार्यकर्ताहरु आफ्ना अध्यक्षलाई ‘आई लभ यु

सरकारलाई सर्वोच्चको आदेश : शिक्षकहरू तीन दिनभित्र विद्यालय फर्किने वातावरण सुनिश्चित गर्नू

काठमाडौं- सर्वोच्च अदालतले २३ दिनदेखि काठमाडौंमा आन्दोललित शिक्षकहरूलाई अबको तीन