महेश बस्नेतको दाबी- गभर्नर नियुक्तिमा ‘डिल’ गरेको प्रमाण भेटिएपछि ऊर्जा राज्यमन्त्रीलाई बर्खास्त गरियो | Khabarhub Khabarhub

महेश बस्नेतको दाबी- गभर्नर नियुक्तिमा ‘डिल’ गरेको प्रमाण भेटिएपछि ऊर्जा राज्यमन्त्रीलाई बर्खास्त गरियो


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेकपा एमालेका नेता महेश बस्नेतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ‘डिल’ गरेको प्रमाण फेला परेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरिएको दाबी गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई पदबाट बर्खास्त गरेको एक दिनपछि उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा गभर्नर नियुक्तिका लागि २० करोड रुपैयाँ बराबरको ‘डिल’ गरेको प्रमाण फेला परेको दाबी गरेका हुन् । 

‘अझै खतरनाक कुरा त राष्ट्र बैकको गभर्नर नियुक्तिका लागि २० करोड डिल गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्रीज्यूले बर्खास्त गर्नुभयो,’ बस्नेतले लेखेका छन्, ‘तर जो चोर उसकै ठूलो स्वर भने झैँ अचेल कान्छाराम मिडियामा प्रधानमन्त्रीविरुद्ध राजनीतिक आडमा पद फुस्केपछि अनावश्यक आरोप लगाएर नौटंकी गरिरहेको छ ।’

उनले बर्खास्तमा परेको नेपाली कांग्रेस रामेछापका सभापति तामाङको नाममा २० भन्दा बढी योजनाहरू कालो सूचीमा रहेका पनि उल्लेख गरेका छन् । 

‘सारा ठेक्का सेटिङमा पार्छ र काम चोरेर अलपत्र गर्छ,’ बस्नेतको आरोप छ, ‘ऊर्जा राज्यमन्त्री भएको आडमा कुलमान जोगाएको नाटक गर्दै कुलमानसँग मिलेर अर्बौँको ठेक्कापट्टामा मिलोमतो र अनियमितता गर्छ ।’

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  २ : ०७ बजे

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) बस्दैछ ।

संसद्लाई जनमुखी बनाउन आवश्यक : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी

पर्सामा लागूऔषधका ११४ मुद्दा दर्ता

पर्सा– पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ ।

आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

तनहुँ– तनहुँको आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको सेवा विस्तार गरिएको छ ।

सहकार्यमार्फत अघि बढ्न संसदमा रहेका दललाई सभामुख घिमिरेको आह्वान

काठमाडौं– सभामुख देवराज घिमिरेले संसदमा रहेका दललाई संवाद र सहकार्यको