तुलसीपुरमा जग्गा नापनक्सांकन फेरि सुरु « Khabarhub

तुलसीपुरमा जग्गा नापनक्सांकन फेरि सुरु


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

देउखुरी– दाङको तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासको जग्गा नाप नक्सांकनको काम सुरु गरेको छ । राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले आजदेखि जग्गाको काम थालेका हो ।

तुलसीपुर उपमहानगरपालिका भूमि शाखाका अमिन रितेश बस्नेतले यस अघि वडा नम्बर ६मा एक हजार २६५ कित्ताको पाँच लाख ३४ हजार ९८९.८७ वर्ग मिटर क्षेत्रफल जग्गा नाप नक्सांकन सम्पन्न भएको बताए। उनका अनुसार वडा नं ६ मा करिब ७५ प्रतिशत नाप नक्सांकनको काम सकिएको छ । 

राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष हुकुम बस्नेतले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई मध्यनजर गरी जग्गा नापजाँच कार्य अगाडि बढाइएको बताए। अध्यक्ष बस्नेतले तुलसीपुरमा सुरु गरिएको नापनक्सांकनको काम एक महिनाभित्रै सम्पन्न गरेर दुई महिनाभित्रै भूमिहीन दलितलाई लालपूर्जा वितरण गरिने बताए। जिल्लाको शान्तिनगर, बबई, राप्ती र राजपुर गाउँपालिकामा जङ्गल  क्षेत्रभित्र भूमिहीन दलित, सुकुम्बासीले वर्षौदेखि जग्गा उपभोग गर्दै आएकाले ती क्षेत्रको जग्गा नाँपजाँचमा समस्या देखिएको बताए। 

उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले पालिकाभित्र अहिले २३ हजार ३२६ जना भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीको निवेदन दर्ता भएको जानकारी दिए । भूमिहीन दलितलाई पहिलो प्राथमिकतामा राखेर लालपूर्जा वितरण गरिने उनी बताउँछन् ।
 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  २ : २८ बजे

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले जनही १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ