कर्णालीमा चार जिल्लाका प्रहरी प्रमुख फेरिए, सुर्खेतमा सूचना अधिकारी | Khabarhub Khabarhub

कर्णालीमा चार जिल्लाका प्रहरी प्रमुख फेरिए, सुर्खेतमा सूचना अधिकारी


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– प्रहरी प्रधान कार्यालय काठमाडौंले एक सय २१ प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा गर्दा कर्णालीका पाँच जिल्लाका डीएसपी तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख फेरिएका छन् । 

कर्णाली प्रदेश डोल्पा, जुम्ला, दैलेख, जाजरकोट प्रहरी प्रमुख र सुर्खेतका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी फेरिएका हुन् । प्रहरी प्रधान कार्यालयले बुधबार उनीहरूलाई सरुवा गरेको हो । 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालको सरुवा भएको छ । उनको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा दरबन्दी भए पनि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा काज सरुवा गरिएको हो । उनको ठाउँमा गणेशबहादुर बराल आएका छन् । 

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख हरिकृष्ण केसीको सरुवा भएको छ । उनको ठाउँमा डा.हेमबहादुर केसी आएका छन् । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख रहेका निरञ्जन भट्टराई पनि सरुवा भएको छ । उनी केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा भएका हुन् । उनको ठाउँमा पुरुषोत्तमप्रसाद पाण्डे आएका छन् ।
 
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सूचना अधिकारी रहेका डिएसपी वीरन्द्रवीर विश्वकर्माको सरुवा भएको छ । उनी जिल्ला प्रहरी कार्यालय रोल्पामा सरुवा भएका हुन् । उनको ठाउँमा मोहनजंग बुढाथापा आएका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका छेदीलाल कामतीको पनि सरुवा भएको छ । उनको ठाउँमा रबिजबाबु रेग्मी आएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  २ : ४४ बजे

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने