साविक विजेता लिभरपुल पहिलो खेलमै नापोलीसँग पराजित « Khabarhub

साविक विजेता लिभरपुल पहिलो खेलमै नापोलीसँग पराजित


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साविक विजेता लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमै पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुल ईटालियन क्लब नापोलीसँग २–० गोल अन्तरले पराजित भएको हो ।

नापोलीको घरेलु मैदानमा अन्तिम ८ मिनेटमा दुई गोल ब्यहोर्दै लिभरपुलले च्याम्पियन्स लिगमा खराब सुरुवात गरेको छ ।

समुह ई अन्तर्गतको खेलमा लिभरपुललाई स्तब्ध बनाउन मार्टिनेज र लोरेन्टीले समान एक एक गोल गरे ।

८२ औ मिनेटमा मार्टिन्सले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । लोरेन्टीले ईन्जुरी समयमा गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।

गोलकिपर एन्ड्रियनले सुरुवात दुई मुख्य प्रहारको बचाउ गर्दै लिभरपुलको उद्वार गरेका थिए । तर उनी सान पाउलो मैदानमा प्रभाव छाड्न संघर्षरत देखिन्थे ।

सन् १९९४ मा एसी मिलानसंग पराजित भएपछि पहिलो पटक लिभरपुल च्याम्पियन्स लिगको पहिलो स्तब्धपुर्ण नतिजा निकालेको हो ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ७ : ०३ बजे

चुनावी हारले फुटतिर कांग्रेस : देउवा पक्षले थाल्यो अलग्गै तयारी, पन्ध्रौँ महाधिवेशन मिति घोषणा गर्दै

काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेर्तत्वको केन्द्रीय

अमेरिका र इजरायलद्वारा इरानका ८० हजारभन्दा धेरै नागरिक स्थलमा आक्रमण

तेहरान- युद्ध सुरु भएदेखि हालसम्म अमेरिका र इजरायलले इरानका ८०

इरानको मिसाइल आक्रमणपछि इजरायलमा तनाव, सरकारसँग मागियो जवाफ

जेरूसेलम- इरानले शनिबार राति ठूलो क्षति हुने गरी मिसाइल हमला

आकाश खुलेसँगै सफा देखियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं- गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा

राम नवमीको साइतमा प्रधानमन्त्री बन्दै बालेन, त्यसअगाडि रास्वपाले गर्नेछ यी महत्‍वपूर्ण निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र