साविक विजेता लिभरपुल पहिलो खेलमै नापोलीसँग पराजित « Khabarhub

साविक विजेता लिभरपुल पहिलो खेलमै नापोलीसँग पराजित


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साविक विजेता लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमै पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुल ईटालियन क्लब नापोलीसँग २–० गोल अन्तरले पराजित भएको हो ।

नापोलीको घरेलु मैदानमा अन्तिम ८ मिनेटमा दुई गोल ब्यहोर्दै लिभरपुलले च्याम्पियन्स लिगमा खराब सुरुवात गरेको छ ।

समुह ई अन्तर्गतको खेलमा लिभरपुललाई स्तब्ध बनाउन मार्टिनेज र लोरेन्टीले समान एक एक गोल गरे ।

८२ औ मिनेटमा मार्टिन्सले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । लोरेन्टीले ईन्जुरी समयमा गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।

गोलकिपर एन्ड्रियनले सुरुवात दुई मुख्य प्रहारको बचाउ गर्दै लिभरपुलको उद्वार गरेका थिए । तर उनी सान पाउलो मैदानमा प्रभाव छाड्न संघर्षरत देखिन्थे ।

सन् १९९४ मा एसी मिलानसंग पराजित भएपछि पहिलो पटक लिभरपुल च्याम्पियन्स लिगको पहिलो स्तब्धपुर्ण नतिजा निकालेको हो ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ७ : ०३ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय