बार्सिलोना र बोरुसियाले बराबरी खेल्दै अंक बाँडे « Khabarhub

बार्सिलोना र बोरुसियाले बराबरी खेल्दै अंक बाँडे


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- च्याम्पियन्स लिग फुटबलको समुह चरणको पहिलो खेलमा बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमण्डसँग बराबरी खेलेको छ ।

मंगलबार राति भएको समुह एफको खेलमा बार्सिलोनाले डर्टमण्डसँगको खेल गोल रहित बराबरी भएपछि दुवै टोलीले अंक बाँडेका छन् ।

घरेलु टोली डर्टमण्ड पेनाल्टीमा चुक्दा बार्सिलोना अंक खोस्न सफल भएको हो । मार्को रिउसको प्रहारलाई पाहुना टोलीका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले असफल बनाउँदा डर्टमण्ड बराबरीमा रोकिएको हो ।

दोस्रो हाफमा बार्सिलोनालाई दबाबमा राखेको डर्टमण्डले गोल गर्न भने सकेन् । बार्सिलोनाले १६ बर्षका युवा स्टार अंशु फातीलाई सुरुवाती लाईन अपमै मौका दिएको थियो ।

मुख्य फरवार्ड लियोनल मेस्सीले भने बेन्चबाट नयाँ सिजनको सुरुवात गरेका थिए । तर चोटबाट मैदान फर्किएका मेस्सीले खेलमा खासै प्रभाव देखाउन सकेनन् ।

बार्सिलोनाको जर्सीमा फतीले कीर्तिमान कायम गरे । १६ बर्ष ३ सय दिनमा बार्सिलोनाबाट च्याम्पियन्स लिग खेल्ने फाती सबैभन्दा कान्छो उमेरको खेलाडी बने ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ७ : १८ बजे

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’

अपाङ्ग महासङ्घमा ‘संस्थागत कू’ को प्रयास : पदाधिकारी नै आन्दोलनमा

​काठमाडौँ— देशभरका अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको छाता संगठन राष्ट्रिय

नेपाललाई गर्भपतनदेखि बालविवाहसम्म सुधारकालागि विश्व समुदायको सन्देश

काठमाडौं– संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर)

छब्बिस वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालन

सिरहा– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको