बार्सिलोना र बोरुसियाले बराबरी खेल्दै अंक बाँडे « Khabarhub

बार्सिलोना र बोरुसियाले बराबरी खेल्दै अंक बाँडे


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- च्याम्पियन्स लिग फुटबलको समुह चरणको पहिलो खेलमा बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमण्डसँग बराबरी खेलेको छ ।

मंगलबार राति भएको समुह एफको खेलमा बार्सिलोनाले डर्टमण्डसँगको खेल गोल रहित बराबरी भएपछि दुवै टोलीले अंक बाँडेका छन् ।

घरेलु टोली डर्टमण्ड पेनाल्टीमा चुक्दा बार्सिलोना अंक खोस्न सफल भएको हो । मार्को रिउसको प्रहारलाई पाहुना टोलीका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले असफल बनाउँदा डर्टमण्ड बराबरीमा रोकिएको हो ।

दोस्रो हाफमा बार्सिलोनालाई दबाबमा राखेको डर्टमण्डले गोल गर्न भने सकेन् । बार्सिलोनाले १६ बर्षका युवा स्टार अंशु फातीलाई सुरुवाती लाईन अपमै मौका दिएको थियो ।

मुख्य फरवार्ड लियोनल मेस्सीले भने बेन्चबाट नयाँ सिजनको सुरुवात गरेका थिए । तर चोटबाट मैदान फर्किएका मेस्सीले खेलमा खासै प्रभाव देखाउन सकेनन् ।

बार्सिलोनाको जर्सीमा फतीले कीर्तिमान कायम गरे । १६ बर्ष ३ सय दिनमा बार्सिलोनाबाट च्याम्पियन्स लिग खेल्ने फाती सबैभन्दा कान्छो उमेरको खेलाडी बने ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ७ : १८ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज