प्रधानमन्त्रीको तर्क- राष्ट्रवादी अडान र दृष्टिकोणको कारण राष्ट्रविरोधी तत्त्व एमालेविरुद्ध खनिए « Khabarhub

प्रधानमन्त्रीको तर्क- राष्ट्रवादी अडान र दृष्टिकोणको कारण राष्ट्रविरोधी तत्त्व एमालेविरुद्ध खनिए


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको राष्ट्रवादी अडान र दृष्टिकोणको कारण राष्ट्र विरोधी तत्त्वहरू एमालेविरुद्ध खनिएको बताएका छन् ।  

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालेले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै ओलीले राष्ट्रको पक्षमा एमालेले राखेको अडानका कारण राष्ट्र विरोधी तत्त्वहरू एमाले विरुद्ध खनिएको बताएका हुन् । त्यस्ता शक्तिले एमालेविरुद्ध हरेक दिन भ्रम फिँजाउने गरेको उनको भनाइ छ । 

उनले एमाले र कांग्रेसको सरकार देशमा स्थिरता दिने गरी एउटा लक्षका साथ बनेको भन्दै सरकार तिर नभई चुनाव तिर ध्यान दिन सुझाव दिए ।

प्रधानमन्त्री ओलीले देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्त्वसँग सचेत हुन पनि आग्रह गरे । लोकतन्त्रमा पनि केही गलत प्रवृत्ति देखाएका बताउँदै उनले त्यसबाट देश केही समय अलमलमा परेको बताए । अब भ्रममा नभई स्पष्ट दृष्टिकोणका साथ देश अघि बढ्नु पर्नेमा ओलीले जोड दिए।

ओलीले वैशाख ११ निरङ्कुशता पराजय र लोकतन्त्रले जितेको दिन भएकाले यस दिनलाई उत्सवको रूपमा मनाउनुपर्ने बताए ।  

निरङ्कुश व्यवस्थाको कारण देश लामो समय अन्धकारकारको युगमा गुज्रिएको उनले बताए । त्यसका विरुद्ध अनेक कठिनाइ झेलेर सङ्घर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएको ओलीले सुनाए । अब देश युवाले बनाउनु पर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ६ : ३७ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु