गाजामा इजरायली आक्रमण : २९ जनाको मृत्यु « Khabarhub

गाजामा इजरायली आक्रमण : २९ जनाको मृत्यु


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गाजा– गाजा पट्टीमा बिहीबार भएका इजरायली हवाई आक्रमणमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। गाजाको नागरिक सुरक्षा विभागका अनुसार, जबालिया शरणार्थी शिविरमा भएको एक आक्रमणमा १० जना प्रहरी अधिकृतको पनि ज्यान गएको हो।

यस आक्रमणमा केही व्यक्तिहरू घाइते भएका छन् र केही घरहरूमा क्षति पुगेको छ। घाइतेहरूलाई गाजा सहरको अल-शिफा अस्पताल लगिएको छ। उद्धारकर्मीहरूले  आवश्यक उपकरणको अभावमा उद्धार कार्य गर्न गाह्रो भइरहेको बताएका छन्।

इजरायली सेनाले  उक्त स्थान हमास र इस्लामिक जिहाद समूहको कमान्ड केन्द्र भएको दाबी गरेको छ। सेनाले आक्रमण गर्दा सर्वसाधारणलाई क्षति नपुगोस् भनेर सावधानी अपनाएको जनाएको छ।

अन्य हवाई आक्रमणहरू गाजा सहर, खान युनिस र देइर अल-बालाह क्षेत्रमा पनि भएको जनाइएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, मार्च १८ पछि सुरु भएका आक्रमणहरूमा हालसम्म एक  हजार ९७८ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ। 

अक्टोबर सन् २०२३ देखि हालसम्मको कुल मृत्यु सङ्ख्या ५१ हजार ३५५ पुगेको छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ६ : २६ बजे

सुनकोशीमा बेपत्ता पराजुली दम्पती अझै भेटिएनन्, आजपनि खोजी जारी

काठमाडौं– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा

शशांक भन्छन्- देउवा स्वदेश फर्किँदा धरपकड भए विरोध गर्छौँ

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहले राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर

पूर्वानुमानमा आधारित विपद् प्रतिकार्यलाई स्थानीय तहसम्म संस्थागत गर्ने प्रतिबद्धता

सुदूरपश्चिम– सुदूरपश्चिममा जलवायु उत्थानशीलता तथा विपद् पूर्वानुमानमा आधारित प्रतिकार्यलाई स्थानीय

‘आर्यघाटमा अन्तिम संस्कार गर्न विपन्नलाई आर्थिक संकट, निःशुल्क वा सहज व्यवस्था गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका सङ्ग्रौलाले पशुपति आर्यघाटजस्ता स्थलहरूमा विपन्न

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सांसदको जोड

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउनुपर्नेमा सांसदले जोड