भारतबाट उत्पन्न हुने कुनै पनि खतराप्रति कडा प्रतिक्रिया दिइनेछ : पाकिस्तान « Khabarhub

भारतबाट उत्पन्न हुने कुनै पनि खतराप्रति कडा प्रतिक्रिया दिइनेछ : पाकिस्तान


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले पाकिस्तानमाथि सीमापार आतङ्कवादलाई समर्थन गरेको आरोप लगाएको एक दिनपछि पाकिस्तान सरकारले बिहीबार भारतको कदमहरूको कडा प्रतिवाद गरेको छ।

प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय सुरक्षा समितिको विशेष बैठक बोलाए, जसमा सेना प्रमुख जनरल आसिम मुनीरसहित सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी थिए ।

बैठकपछि जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘पाकिस्तानको सार्वभौमिकता र जनताको सुरक्षालाई असर पुग्ने कुनै पनि कार्यको जवाफ दृढ र समुचित ढंगले दिइनेछ ।’

भारतले कश्मीरमा भएको एक आक्रमणपछि पाकिस्तानसँगको पानी बाँडफाँड सन्धि निलम्बन गर्ने, प्रमुख सीमा नाका बन्द गर्ने, कूटनीतिक सम्बन्ध घटाउने र पाकिस्तानी नागरिकहरूको भिसा खारेज गर्ने निर्णय लिएको थियो ।

पाकिस्तानले जवाफमा भारतीय कूटनीतिज्ञहरूलाई देश छोड्न आग्रह गरेको छ र भारतीय नागरिकहरूको भिसा रद्द गरिएको छ, यद्यपि सिख तीर्थयात्रीहरूलाई यसबाट छुट दिइएको छ । इस्लामाबादले सिन्धु नदीको पानी रोक्ने प्रयासलाई गम्भीर रूपमा लिने र आवश्यक परे सम्पूर्ण राष्ट्रिय क्षमता प्रयोग गरेर प्रतिक्रिया दिने चेतावनी दिएको छ ।

पाकिस्तानले आफ्ना आकाशमार्गहरू भारतीय विमान कम्पनीहरूका लागि तत्काल प्रभावबाट बन्द गरेको छ। साथै, पञ्जाबस्थित वाघा नाका पनि बन्द गरिएको छ ।

वक्तव्यमा भनिएको छ, ‘यस सीमाबाट हुने सबै प्रकारको पारवहन अविलम्ब रोकिनेछ ।’

पाकिस्तानले भारतसँग हुने सबै व्यापार, चाहे तेस्रो मुलुकमार्फत होस् वा प्रत्यक्ष, तत्काल स्थगित गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ७ : ४२ बजे

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै