प्रकाशमानले भने : लोकतान्त्रिक व्यवस्थाले मात्र खेलाडीको हित हुन्छ « Khabarhub

प्रकाशमानले भने : लोकतान्त्रिक व्यवस्थाले मात्र खेलाडीको हित हुन्छ


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

ललितपुर – उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक व्यवस्थामा मात्रै खेलाडीहरुको हित हुने बताएका छन् ।

यल सितोरियो कराते डोद्वारा आज नेपाल कराते एकेडेमी सातदोबाटो ललितपुरमा आयोजित प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिता २०८२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले राणाशासन र पञ्चायतकालमा जनताको छोराछोरीलाई मार्सल आर्टका खेल प्रतियोगितामा खेल्ने अवसर नभएको बताए ।

“नेपालको खेलकुदमा नयाँ पुस्ताले लोकतान्त्रिक व्यवस्थामा भएको महत्वपूर्ण व्यवस्थालाई भुल्नुहुँदैन, लोकतान्त्रिक व्यवस्थामा मात्रै खेलाडीको हित भएको देखिन्छ, विसं २०४६ अगाडि मार्सल आर्टका खेल नेपाली सेना र प्रहरीले मात्रै खेल्न पाउथे, सर्वसाधारणले खेल्न पाउने अवसर नै थिएन, लोकतन्त्र आएपछि मात्रै खेलाडी र खेलकुदको विकासमा काम भएको हो”, उपप्रधानमन्त्री सिंहले भने ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कम स्रोत र साधनका बाबजुद पनि नेपाली खेलाडीहरुले विकसित मुलुकका खेलाडीसँग प्रतिस्पर्धा गरेर स्वर्ण पदक दिलाउन सकेको भन्दै खेलाडीहरुको प्रशंसा गरे । “उहाँले स्रोतसाधनका साथ अवसर दिने हो भने नेपाली खेलाडीहरुले विश्वस्तरमा प्रतिस्पर्धा गरेर उत्कृष्ट स्थान हासिल गर्न सक्ने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेतले यस्ता प्रतियोगिताहरुले खेल र खेलाडीहरुको सम्मान र प्रोत्साहन हुने भन्दै खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शनको शुभकामना व्यक्त गरे ।

नेपाल कराते महासङ्घका महासचिव दावा गुरुङले कराते खेल खेलाडीहरुको क्षमता बढाउने मात्रै नभई आत्मरक्षा गर्न सक्षम बनाउने खेल भएको बताए ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ९ : ०१ बजे

गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो

काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८२-८३ को

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला सङ्क्रमणबाट मृत्यु हुनेको

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

राँझा–  भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले

चितवनमा हात्तीको वनभोज (तस्बिरहरू)

चितवन– विद्यार्थी, युवा–युवती वा अन्य उमेर समूहका मानिस एकजुट भएर वनभोज