बजेट अधिवेशन आजदेखि सुरु हुँदै, प्रतिनिधिसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने | Khabarhub Khabarhub

बजेट अधिवेशन आजदेखि सुरु हुँदै, प्रतिनिधिसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आह्वान भएअनुसार आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बैठक बस्न लागेको हो ।

अधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने तयारी छ । यस्तै, अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र, प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।

यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पनि पढेर सुनाउने कार्यसूची रहेको छ ।

बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसद सदस्यहरूको मनोनयन गर्ने छन् ।

यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यसअघि संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ६ : १८ बजे

प्रधानमन्त्री ओलीले भने – भूकम्प पुनःनिर्माणमा असाधारण क्षमता देखाउन सफल भयौँ

काठमाडौं – २०७२ मा आएको जस्तो भूकम्पको विनाशबाट माथि उठ्न

लिङ्देनले सदनमा भने– रवीन्द्र मिश्रलाई छोड्नुस्, न्यायिक आयोग गठन गर्नुस्

काठमाडौं– राजसंस्था पुनःस्थापनाको माग गर्दै आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का

भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गत

पाइपलाइनमा ८८ कम्पनीका ५५ अर्बको आईपीओ

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ८८ कम्पनीका ५५

संसदमा वर्षमानले भने- यो सरकार बनेपछि जनतामा व्यापक निराशा र असन्तुष्टि बढ्यो

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले ठूला