गोरखा भूकम्पको १० वर्ष : यस्तो देखियो वसन्तपुर क्षेत्र (तस्बिरहरू)  « Khabarhub

गोरखा भूकम्पको १० वर्ष : यस्तो देखियो वसन्तपुर क्षेत्र (तस्बिरहरू) 


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ठूलो भूकम्प गएको १० वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा बारपाकलाई केन्द्रविन्दु बनाएर ७.८ रेक्टरस्केलको भूकम्प गएको थियो । 

उक्त भूकम्पबाट ठूलो जनधनको क्षति भएको थियो । भूकम्पमा परी करिब ९ हजार व्यक्तिको मृत्यु भएको थियो भने हजारौँ निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै पुरातात्विक सम्पदा क्षतिग्रस्त भएका थिए ।

भूकम्पबाट काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्र पनि नराम्ररी प्रभावित भएको थियो ।

भूकम्पले हनुमानढोका संरक्षित क्षेत्रमा रहेका ७३ सम्पदा, एउटा मूल चोक र चार वटा चोक गरी ९५ वटा सानाठूला सम्पदामा क्षति पुगेको थियो ।

भूकम्पको १० वर्षमा काष्ठमण्डप, गद्दी बैठक, नौतले दरबार, विष्णु मन्दिर, त्रैलोक्य मन्दिरलगायतको पुनर्निर्माण सकिएको छ । वसन्तपुर क्षेत्रको पुनर्निर्माणका लागि धेरै संघसंस्थाले सहयोग गरेका छन् ।

पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, प्रदेश सरकार, विदेशी दातृ निकाय, गुठी र उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम भएको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ७ : ४५ बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल