सर्वोच्चको आदेश शिक्षक नेताको हठ विरुद्ध : पोखरेल  | Khabarhub Khabarhub

सर्वोच्चको आदेश शिक्षक नेताको हठ विरुद्ध : पोखरेल 


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शिक्षकहरूसँग अनौपचारिक रुपमा भएका सहमतिलाई औपचारिकता दिएर विद्यालय फर्काउने वातावरण तयार गर्नुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले सर्वोच्च अदालतले बालबालिकाको भविष्यप्रति गम्भीर चिन्ता गर्दै दिएको निर्देशनात्मक आदेश शिक्षकको हठ विरुद्धमा रहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘सर्वोच्च अदालतले बालबालिकाको भविष्यका बारेमा गम्भीर चिन्ता गर्दै निर्देशनात्मक आदेश दिएछ । कतिपय शिक्षक नेताहरू उक्त आदेश सरकारका लागि हो भनेर तर्क गरिरहनु भएको छ । हो आदेश त सरकारलाई हो । तर चिन्ता विद्यालय बन्द भएको कुरा प्रति हो । त्यसमाथि सरकार र राजनीतिक दलले विद्यालय शिक्षा ऐन यस अधिवेशनबाट जारी गर्छौँ भन्दा पनि लिएर मात्र जाने हठ गर्ने शिक्षक नेताहरूको हठका विरुद्धमा हो ।’ 

अदालतको आदेशपछि सरकारलाई आदेश कार्यान्वयन गर्नुपर्ने वाध्यता उत्पन्न भएको उल्लेख गर्दै उनले उक्त आदेशको मूल पक्ष विद्यालय र परीक्षा समयमै सञ्चालन गर्नु भन्ने रहेकाले सबै पक्ष जिम्मेवार बन्नु पर्ने बताएका छन् । 

सर्वोच्चले आन्दोलनरत शिक्षकहरुलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण निर्माण गर्न शुक्रत्रबार सरकारलाई आदेश दिएको थियो । आदेशमा कक्षा १२ को परीक्षा समयमै सम्पन्न गर्न भनि भनिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ८ : ५९ बजे

संसद गालीगलौच र भ्रामक बहसमा दौडने मैदान बन्यो : मीन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले संसदलाई मर्यादित, व्यवस्थित, तथ्यपरक

उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी

इजरायल – इजरायलले गाजा सहर र जाबालियामा रहेका प्यालेस्टाइनीलाई उक्त

आज संसद दिवस मनाइँदै

काठमाडौं– मुलुकमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा सोमबार

पहिरोले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी– गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध भएको छ । आइतबार राति

पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’

ताप्लेजुङ– ताप्लेजुङमा कार्यरत १३ शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक