धनगढी–खुटिया सडकखण्डमा पक्की पुल बन्दै « Khabarhub

धनगढी–खुटिया सडकखण्डमा पक्की पुल बन्दै


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढी–खुटिया–बीपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण प्रारम्भ भएको छ ।

धनगढी–स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकअन्तर्गत गोदावरी नगरपालिका– ८ भएर बग्ने जोनापुर खोला र धनगढी उपमहानगरपालिका– ५ सुकुटी खोलामाथि पक्की पुल निर्माणको  थालिएको हो ।

पुल निर्माणका लागि तीन करोड १५ लाखमा गत पुसमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । जोनापुर खोलाको पुल ५० प्रतिशत बनेको छ भने सुकुटी खोलामा धमाधम पिलर उठाइँदै छ ।

आयोजना कार्यालयका अनुसार १३ किलोमिटर सडक कालोपत्र भएको छ । २०६४ सालमा खुटिया–दिपायल द्रुतमार्गको ‘ट्रयाक’ खोलिएको हो । पहिलो चरणमा खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर र स्याउले– धनगढी १० किलोमिटर सडकको सर्भे भएको थियो ।

धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ फास्टट्रयाक’ छोटो दूरीलगायत अन्य दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उक्त सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माणमा विलम्ब भएको छ । 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १० : ३५ बजे

व्यवसायीहरू भन्छन् : यातायात क्षेत्र सुधार्न यात्रुलाई मीठो बोली र सफा खाना खुवाउनुपर्छ

काठमाडौं – यातायात व्यवसायीहरूले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई सुधार्नका लागि

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

नवलपरासी – माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण

हमासका सशस्त्र शाखा प्रमुखको इजरायली आक्रमणमा मृत्यु

जेरुसलेम – हमासको सशस्त्र शाखाका प्रमुख एजेदिन अल–हद्दादको शुक्रबार गाजामा

चिनीलगायत अत्यावश्यक वस्तुको नियमित आपूर्ति गराउँछौँ : आपूर्ति मन्त्रालय

काठमाडौं – सरकारले आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने