गृहमन्त्री भन्छन्- प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ | Khabarhub Khabarhub

गृहमन्त्री भन्छन्- प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पाटन– गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफै जोखिम निम्त्याउन नहुने बताएका छन् । 

गोरखा भूकम्पको दश वर्ष पूरा भएको अवसरमा आज ललितपुर महानगरपालिकाद्वारा पाटन दरबार क्षेत्रमा आयोजित ‘ललितपुर मेट्रोपोलिटियन सिटी रेजिलियन्स फेयर’ कार्यक्रममा गृहमन्त्री लेखकले विगतमा भोगेको विपद् र त्यसले पुर्‍याएको जनधनको क्षतिको स्मरण गर्दै आगामी दिनमा भूकम्प लगायतका विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न ध्यानपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

‘हामीले निर्माण गरेका भौतिक संरचना बलिया हुन जरुरी छ, प्रकृतिलाई सुरक्षित राख्नुपर्छ । विपद्मा खोज उद्धार र राहत प्रतिकार्य गर्न आवश्यक छ, विगतका दुःख र पीडालाई सम्झेर भविष्यमा जोखिमबाट बच्च हरेक दिन तयारी गर्नुपर्छ’, उनले भने । 

गृहमन्त्री लेखकले विपद्पछिको पुनः निर्माण, खोज, उद्धार र राहतका कार्यमा ललितपुर महानगरले अनुकरणीय काम गरेको छ भन्दै प्रशंसा गरे । 

‘पुनः निर्माणमा दातृ संस्थाबाट धेरै सहयोग प्राप्त गरेका छौँ, हामी जोखिमपूर्ण भू-भागमा छौँ, बाढीपहिरोको विषयमा पूर्वानुमान गर्न सकिन्छ, तर भूकम्पको पूर्वानुमान गर्न सकिँदैन, तसर्थ भूकम्प जतिसुकै बेला पनि आउन सक्छ भनेर तयारी गर्नुपर्छ ।’ उनले भने । विपद्मा सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेको गृहमन्त्री लेखकको भनाइ थियो । 

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापन कार्यमा ललितपुर महानगर अब्बल रहेको दाबी गरे  । 

‘एउटै छानामुनी विपद्का सम्पूर्ण सामग्रीको व्यवस्थापन गरेका छौँ, विपद्मा चार मिनेट भित्रै महानगरबाट सेवा प्रदान गर्छौँ, काम गरिरहेका पनि छौँ’, उनले भने । विपद्बाट पाटन दरबार क्षेत्रमा धेरै मन्दिर तहसनहस भएका उल्लेख गर्दै उनले अधिकांश मन्दिर पुनः निर्माण गरिएका बताए । 

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का वरिष्ठ उपाध्यक्ष हारा शोहेईले विपद्को समयमा तीव्र रूपमा काम गर्न सक्ने तयारी तथा बलियो एकता जरुरी रहेको बताइन् । 

उनले जापान सरकार तथा  जाइकाले नेपाल र नेपालीलाई गर्दै आएको सहयोग निरन्तर जारी रहने बताइन् । नेपाल र जापानको उस्तै भौगोलिक परिस्थिति रहेको उल्लेख गर्दै उनले पुनः निर्माण र पूर्वाधार निर्माणलाई भूकम्प प्रतिरोधात्मक बनाउन आवश्यक रहेको बताइन् । 

नेपालका लागि जापानका राजदूत मायदा तोरूले विपद्मा हामीले भोग्नुपरेको पीडा र विगतको कमजोरी सुधार गरेर विपद्मा सुरक्षित रहन सन्देशमूलक कार्यक्रम आयोजना गरिएकामा धन्यवाद दिँदै नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विपद् फेरि नआओस् भन्नका निम्ति प्रकृतिको नियमलाई पालना गर्न प्रतिबद्धता जनाउन तथा सचेत रहनका लागि सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताइन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : १२ बजे

सीसी क्यामेरा छ भनेर ढुक्क हुनुहुन्छ ? चोर पक्राउ पर्ने ग्यारेण्टी छैन

काठमाडौं– सुरक्षाका लागि तपाईंले अफिस, पसलदेखि घरमा सीसी क्यामेरा जडान

श्रीकृष्णजन्मष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं– श्रीकृष्णजन्माष्टमी पर्व आज (शनिबार) देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी

टप टी-२० सिरिज : दोस्रो खेलमा आज बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियामा जारी भएको टप इन्ड टी-२० सिरिजमा नेपालले

इंग्लिस प्रिमियर लिग : लिभरपुलको विजयी सुरुवात

काठमाडौं– इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुलले विजयी सुरुवात

पुटिनले भने- अर्को पटक मस्कोमा, ट्रम्पको जवाफ- त्यो सम्भव छ

अलास्का- युक्रेन युद्ध रोक्न भएको अमेरिका-रूस वार्ता सहमति नजुटी सकिएको