नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य « Khabarhub

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचित भएका छन्  ।

सङ्घको गए राति सम्पन्न दोस्रो महाधिवेशनबाट कर्माचार्यको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कर्माचार्य देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको पूर्वअध्यक्षसमेत हुन् ।

यस्तै, सङ्घको वरिष्ठ उपाध्यक्षमा विजयबहादुर स्वाँर र अर्जुन रानाभाट, खुला उपाध्यक्षमा सुरेश हमाल, सानुकाजी प्रजापति, नन्दलाल श्रेष्ठ, कान्छाराम बल, शरद् अधिकारी र महिला उपाध्यक्षमा पुष्पा श्रेष्ठ चयन भएका छन् ।

यसैगरी, उपाध्यक्षहरूमा राजेन्द्र रिजाल (कोशी), मनोज चौधरी ( मधेस), सुवन गिरी (बागमती), गोकर्ण कार्की (गण्डकी), मनप्रसाद आचार्य (लुम्बिनी), विष्णुबहादुर खड्का (कर्णाली) र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा उपेन्द्र विष्ट निर्वाचित भएका छन् ।

सङ्घको महासचिवमा केदारनाथ पौडेल, उपमहासचिवमा रजन रोक्का, सचिवममा रवि रिमाल, किरण खड्का, राजेशकुमार श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्रविक्रम बानिया र सहकोषाध्यक्षमा टेकराज जोशी चयन भएका छन् ।

विसं २०७२ मा स्थापना भएको सङ्घको वैशाख १० र ११ गते सञ्चालित महाधिवेशनमा देशभरबाट पाँच सय प्रतिनिधिको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : ३२ बजे

हमासका सशस्त्र शाखा प्रमुखको इजरायली आक्रमणमा मृत्यु

जेरुसलेम – हमासको सशस्त्र शाखाका प्रमुख एजेदिन अल–हद्दादको शुक्रबार गाजामा

चिनीलगायत अत्यावश्यक वस्तुको नियमित आपूर्ति गराउँछौँ : आपूर्ति मन्त्रालय

काठमाडौं – सरकारले आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने

बङ्गलादेशमा आक्रमण गर्ने धम्की दिँदै हिँड्ने पूर्वसैनिक पक्राउ

ढाका- बङ्गलादेशको आतङ्कवाद प्रतिरोधी प्रहरीले विमानस्थल, संसद् र धार्मिक स्थलहरूलाई

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौं– त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित