भारत पाकिस्तान युद्ध कहिले ? यसो भन्छन् भारतीय ज्योतिष | Khabarhub Khabarhub

भारत पाकिस्तान युद्ध कहिले ? यसो भन्छन् भारतीय ज्योतिष


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले भारत र पाकिस्तानबीचको सम्बन्ध निकै तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । केही दिनअघि भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा पर्यटकलाई लक्षित गरी आतंककारी आक्रमण भएपछि दक्षिण एशियाका दुई छिमेकी देशबीच सम्बन्ध उग्र बन्दै गएको छ ।

पहलगाम आक्रमणमा परी एक जना नेपाली सुदिप न्यौपानेसहित २७ जनाले ज्यान गुमाएका छन् भने अरु दर्जनौँ घाइते भएका छन् । यससँगै भारतले आफ्नो मुलुकमा रहेका पाकिस्तानी नागरिकलाई देश छोड्न निर्देशन दिएको छ । त्यस्तै, भारतले पाकिस्तानी कूटनीतिज्ञहरूलाई ७ दिनभित्र भारत छोड्न आदेश दिएको छ भने सिन्धु जल सम्झौता पनि स्थगित गर्ने घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणमा संलग्न कसैलाई पनि बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरेका छन् । प्रधानमन्त्री मोदीले आक्रमणमा संलग्नलाई पृथ्वीको जुनसुकै कुनामा भएपनि कारवाही गर्ने दृढता जनाएका छन् । उनले आतंककारीलाई ‘माटोमा मिलाइदिने’ चेतावनी पनि दिएका छन् ।

उता पाकिस्तानले पनि भारतको कदमविरुद्ध कडा प्रतिक्रिया दिएको छ । पाकिस्तानले सिन्धु जल सन्धि खारेज गर्ने भारतीय निर्णयको निन्दा गरेको छ । पाकिस्तानले आफूले पाउनुपर्ने पानीमा अवरोध गरे त्यसलाई ‘युद्ध’ मानिने पनि चेतावनी दिएको छ । पाकिस्तानले भारतीय स्वामित्वमा रहेका सबै हवाइ सेवा कम्पनीलाई आफ्नो आकाश प्रयोग गर्न नदिने, सन् १९७२ को शिमला सम्झौता पनि खारेज गर्नेजस्ता घोषणा पनि गरेको छ ।

अघिल्लो रात कश्मीरस्थित भारत पाकिस्तान सीमामा दुई मुलुकका सुरक्षाकर्मीबीच रातभर दोहोरो गोली हानाहान भएको समाचार आएका छन् । यस्तो अवस्थामा दुई मुलुकबीच युद्ध हुने हो कि भन्ने चिन्ता पनि बढेर गएको छ ।

के भन्छन् ज्योतिष

यसै विषयमा भारतीय टेलिभिजन एबीपीले ज्योतिष विज्ञानका जानकार पण्डित सञ्जय उपाध्यायसँग कुराकानी गरेको छ । कुराकानीका क्रममा उनले भारतको भविष्य संघर्षले भरिपूर्ण विवादतर्फ उन्मुख रहेको बताएका छन् ।

हाल शनि मीन राशिमा आएमा त्यो अघि बढ्दै मेष राशितर्फ अग्रसर हुने उनको भनाइ छ । यसको अर्थ भारतले छिमेकी देशसँग विवाद वा संघर्षले भरिपूर्ण स्थितीको सामना गर्नुपर्ने हुनसक्छ ।

त्यसबाहेक केही ग्रह–नक्षत्रको उतार चढावमा तिथिले पनि महत्वपूर्ण प्रभाव पार्ने उनले एबीपी न्यूजलाई बताएका छन् । अक्षय तृतीय आगामी ३० अप्रिलमा आउँदैछ । त्यसैगरी, आगामी ४–५ मेको समय पनि भारतका लागि प्रभावशाली हुने उनले बताएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : ३९ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने